English  |  नेपाली
SMElink — Bridging Euro-Asian Markets PlaNet Finance
Discussion Forum

अन्तरवार्ता

एसएमइलिंकको युरोप पर्यटन मिसन
2010-04-06

फ्रान्स र जर्मनीमा आयोजना गरिएको दशदिने व्यावसायिक भ्रमण सम्पन्न गरी एसएमइलिंक परियोजनामा संलग्न ७ जना पर्यटन उद्यमीहरु नेपाल फर्केका छन् । उनीहरु गत मार्च १९ तारिखका दिन युरोपतर्फ उडेका थिए ।

"अमेजिङ ट्राभल एन्ड टूर्स" का गोविन्द भट्ट, "एड्भेन्चर जल्जले ट्रेकिङ एन्ड एक्सपिडिसन्स" का छविलाल खनाल, "अल्पाइन एसियन ट्रेक्स एन्ड एक्सपिडिसन्स" का शेखर थापा, "द लास्ट रिसोर्ट" का भुवन शर्मा, "ब्लू लेक ट्राभल्स एन्ड टूर्स" का मेदानी गुरागाइँ, "नेपाल नेचर ट्रेक" का कुमार राइ र "वसन्त एड्भेन्चर प्रा.लि." का वसन्त बज्राचार्यले सो व्यावसायिक भ्रमणमा सहभागिता जनाएका थिए ।

प्लानेट फाइनान्स नेपालका प्रशासकीय प्रमुख राजेन्द्र पौड्यालले नेपाली उद्यमीहरुको सो भ्रमणलाई सहज बनाउन सहयोग गर्नुभएको थियो । त्यसैगरी प्लानेट फाइनान्स सञ्जाल फ्रान्स र जर्मनीका सदस्यहरुले पनि उक्त भ्रमणका लागि आवश्यक तयारी गर्नुका साथै त्यस भ्रमणलाई उपलब्धिमूलक बनाउने कार्यमा पनि मद्दत गरेका थिए ।

उक्त भ्रमणमा सहभागी नेपाली कम्पनीहरुले पेरिसमा आयोजित "वर्ल्ड टुरिजम फेयर" र "डेस्टिनेसन नेचर" जस्ता दुइ पर्यटन मेलाहरुमा भाग लिएका थिए । त्यसैगरी हाम्रा उद्यमीहरुले पेरिस र जर्मनी (बर्लिन, र्डटमन्ड, क्लून) का स्थानीय टूर व्यवसायीहरुसँग भेटघाट गरी एक-आपसमा ज्ञान आदान-प्रदान गर्ने र नयाँ सर्म्पर्क कायम गर्ने सुवर्ण अवसर पनि प्राप्त गरेका थिए ।

सो भ्रमणको माध्यमबाट हाम्रा उद्यमीहरुले समष्टिगतरुपमा नेपाली पर्यटन क्षेत्रको प्रतिनिधित्व गर्नुका साथै स्थानीय टूर व्यवसायीहरुलाई सही जानकारी र सर्म्पर्क विवरण प्रदान गरी आ-आफ्ना संस्थाहरुको प्रवर्द्धन पनि गरेका थिए ।



PlaNet Finance Network


© २००८ एस्एम्इलिंक – सर्वाधिकार सुरक्षित. गृह पृष्ठ      हाम्रोबारे      सेवाहरु      समाचारहरु      घटनाहरु      तस्विर संग्रहालय      लिंकहरु      सम्पर्क      साइट सूची Optimized for १०२४ * ७६८
योमरी द्वारा निर्मित ।