English  |  नेपाली
SMElink — Bridging Euro-Asian Markets PlaNet Finance
Discussion Forum

अन्तरवार्ता

उद्यमीहरु युरोप जाँदै !
2010-03-23

यही मार्च १९ तारिखका दिन पर्यटन क्षेत्रमा कार्यरत एसएमइलिंक परियोजनाबाट लाभान्वित ७ उद्यमीहरु दशदिने व्यावसायिक भ्रमणका लागि फ्रान्स र जर्मनी जाँदैछन् ।

उक्त भ्रमणमा सहभागी उद्यमीहरु यसप्रकार रहेका छन् : "अमेजिंग ट्राभल एन्ड टूर्स" का गोविन्द भट्ट, "एड्भेन्चर जल्जले ट्रेकिंग एन्ड एक्सपिडिसन्स" का छविलाल खनाल, "अल्पाइन एसियन ट्रेक्स एन्ड एक्सपिडिसन्स" का शेखर थापा, "द लास्ट रिसोर्ट" का भुवन शर्मा र "ब्लू लेक ट्राभल्स एन्ड टूर्स" का मेदानी गुरागाइँ ।

युरोप भ्रमणको अनुभव सँगालिसकेका प्लानेट फाइनान्सका प्रशासनिक प्रमुख राजेन्द्र पौड्यालले उद्यमीहरुको भ्रमणलाई सहज बनाउन सहयोग गर्नुहुनेछ । प्लानेट फाइनान्स फ्रान्स र जर्मनीका सञ्जालका सदस्यहरु सो भ्रमणको तयारीका लागि सक्रियरुपमा जुटिरहेका छन् । पहिलोपटक युरोप भ्रमणमा हिंडेका हाम्रा केही उद्यमीहरुलाई सहयोग प्रदान गर्नका लागि युरोपेली सञ्जालका सदस्यहरु पनि उपस्थित रहने छन् !

पेरिसमा आयोजना हुन गइरहेका "वर्ल्ड टुरिजम फेयर" र "डेस्टिनेसन नेचर" जस्ता पर्यटनसम्बन्धी दुइ मेलाहरुलाई ध्यानमा राख्दै ती उद्यमीहरुको छनौट गरिएको थियो । त्यसैगरी सहभागी उद्यमीहरुले पेरिस र जर्मनी (बर्लिन, र्डटमन्ड, क्लून) मा आयोजना गरिने स्थानीय टूर व्यवसायीहरुसँगको भेटघाट कार्यक्रममा आ-आफ्ना ज्ञान एक-अर्कासँग बाँड्न सक्नेछन् र त्यसका साथै नयाँ सम्पर्कहरु पनि कायम गर्न सक्नेछन् ।

हाम्रा उद्यमीहरु दुइवटा उद्देश्यका साथ युरोप भ्रमणका लागि जाँदै छन् : समष्टिगतरुपमा नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धन गर्न र भेटघाट कार्यक्रममा आफूले भेटेका युरोपेली उद्यमीहरुलाई सही जानकारी र सम्पर्क विवरण दिई आफ्नो संस्थाबारे प्रचार गर्न । यिनै उद्देश्यहरुलाई ध्यानमा राख्दै ती कम्पनीहरुले प्रदान गर्ने सेवाका आधारमा तिनको छनौट गरिएको थियो । ती कम्पनीहरुले युरोपेली उद्यमीहरुलाई नेपाली पर्यटन क्षेत्रले प्रदान गर्ने सम्पूर्ण सेवाबारे विस्तृत विवरण दिनुपर्ने हुन्छ ।

हामी भ्रमणमा सहभागी सम्पूर्ण उद्यमीहरुको सफलताको कामना गर्दछौं !



PlaNet Finance Network


© २००८ एस्एम्इलिंक – सर्वाधिकार सुरक्षित. गृह पृष्ठ      हाम्रोबारे      सेवाहरु      समाचारहरु      घटनाहरु      तस्विर संग्रहालय      लिंकहरु      सम्पर्क      साइट सूची Optimized for १०२४ * ७६८
योमरी द्वारा निर्मित ।