अन्तरवार्ता
उत्कृष्ट लघु उद्योग पुरस्कार समारोह2009-09-04आगामी शुक्रबार, सेप्टेम्बर ११, २००९ का दिन काठमाडौंको नयाँ बानेश्वरस्थित इन्देणी पार्टी प्यालेसमा दोस्रो "उत्कृष्ट लघु उद्योग पुरस्कार" समारोहको आयोजना हुँदे छ ।
उक्त समारोहले नेपाली साना तथा मझौला उद्यमीहरुका प्रयासको सराहना गर्दै उनीहरुलाई उजाँगर हुने अवसर पनि प्रदान गर्ने छ ।
यस कार्यक्रममा विभिन्न सरकारी निकाय, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु, अन्य गैरसरकारी संस्थाहरु, वित्तीय बैंकहरु, दूतावासहरु, व्यावसायिक संस्थाहरु, व्यापारिक घरानाहरु, सञ्चार क्षेत्र एवम् यस परियोजनाका लाभान्वित वर्गको पनि उपस्थिति रहने छ । (कृपया कार्यक्रममा निमन्त्रण कार्डसहित उपस्थित हुनुहोला । )
यस कार्यक्रमको अवसरमा बजारीकरणसम्बन्धी रणनीति निर्माण गर्नुहुने उत्कृष्ट २० जना उद्यमीहरुलाई सहभागिताको प्रमाणपत्रका साथै बजारीकरणसम्बन्धी रणनीतिको एक-एक प्रति पनि प्रदान गरिने छ । त्यसैगरी सर्वोत्कृष्ट ५ जना उद्यमीहरुलाई "उत्कृष्ट लघु उद्योग" सम्मान तथा एक विशेष पुरस्कारद्वारा सम्मानित गरिने छ ।
सो कार्यक्रम प्लानेट फाइनान्सले आफ्नो एसएमइलिंक परियोजनाको सिलसिलामा आयोजना गर्ने एक वार्षिक कार्यक्रम हो ।
दिउँसो ३:३० बजे समारोहको शुभारम्भ गरिने छ । ककटेल-डिनरको पनि व्यवस्था गरिएको छ ।