English  |  नेपाली
SMElink — Bridging Euro-Asian Markets PlaNet Finance
Discussion Forum

अन्तरवार्ता

बालकृष्ण अशरपति, बी एन्ड बी गोल्ड एन्ड
2009-04-30

१. दस्तकारी हाट समितिले आयोजना गरेको "दिल्ली हाट" मा सहभागी हुन पाउँदा कस्तो अनुभव गर्नुभयो ?
हामीले "दिल्ली हाट" को अवधिभर उचित आतिथ्य-सत्कार पायौं । हाम्रो लागि खाना, बसाइँ र पारवाहनको राम्रो व्यवस्था थियो । हामीले मेलामा आएका ग्राहकहरुबाट पनि सकारात्मक प्रतिक्रिया प्राप्त गर्यौं । त्यसैगरी त्यहाँ दिइएको प्रशिक्षण पनि फाइदाजनक नै थियो ।

२. तपाईंलाई प्रशिक्षण सत्रहरु कस्तो लाग्यो ?
प्रशिक्षणका विषयवस्तुहरु गहन र प्रभावकारी थिए । यस प्रशिक्षणपश्चात् ब्रान्डिंग, रंगको आंकलन, वस्तु सजावट र वस्तु विकास जस्ता व्यावसायिक प्रक्रियाहरुमा निहित हाम्रो ज्ञानको दायरा अझ फराकिलो हुन पुगेको छ । तर कहिलेकाहीं दोहरिएका विषयवस्तुबारे छलफल हुँदा भने झर्को पनि लाग्ने गर्थ्यो ।

३. मेलामा यहाँको स्टलबाट कतिको बिक्री भयो ?
मेरा वस्तु स्थानीय उपभोक्ताहरुको रोजाइमा परेनन् । ती महंगा थिए । त्यसैले दिल्ली हाटको मेलामा मैले राम्रो व्यापार गर्न सकिनँ ।

४. तपाईंले मेलाअवधिभर के-के सिक्नुभयो ?
दिल्ली हाट र त्यसक्रममा सञ्चालन भएका प्रशिक्षण सत्रहरुबाट मैले नयाँ व्यावसायिक सीपहरु सिक्ने अवसर पाएँ ।

५. मेलामा तपाईंलाई सबभन्दा चित्तबुझदो के लाग्यो ?
दिल्ली हाटको कलात्मक सेरोफेरो र त्यहाँ देखाइएको सांस्कृतिक नृत्यहरु साह्रै रमाइला थिए । ती नृत्यहरु एवम् दस्तकारी हाट समितिका प्रचार-प्रसारका अभियानहरुमार्फत दिल्ली हाटमा धेरै ग्राहकहरु नेपाली स्टलसम्म आएका थिए । त्यसैगरी सौहार्द्रपूर्ण वातावरण कायम गर्नका लागि हाम्रा समन्वयकर्ताहरुले गरेका प्रयासबाट पनि म सन्तुष्ट नै छु । यसका साथै म श्रीमती जया जेट्लीको प्रेरणादायी मन्तव्य र "बजारीकरण" बारे प्रदिप कस्यपको प्रस्तुतीबाट पनि म प्रभावित भएँ ।

६. तपाईंलाई मेलामा मननपरेको कुरा केही छ ?
मेरो विचारमा मेलाको समयतालिका निकै नै असहज थियो । हामी बिहान ९ बजेदेखि बेलुकी ९ बजेसम्म व्यस्त रहन्थ्यौं । हामी सधैं हतारमा हुन्थ्यौं । त्यस्तै नेपाली स्टलहरु राखिएको ठाउँ पनि उपयुक्त थिएन । हाम्रा स्टलहरुसम्म आइपुग्न ग्राहकहरुलाई धेरै भित्रसम्म हिँड्नुपथ्र्यो । धेरैलाई त हाम्रा स्टलहरुबारे थाहा पनि थिएन/भएन होला ।

७. मेलामा सुधार गर्नुपर्ने केही पक्ष देख्नुभयो ?
यदि हामीलाई भारतीय बजारको संरचना, उपभोक्ताको किसिम, तिनको क्रयशक्ति र तिनले रुचाउने वस्तुबारे पूर्वजानकारी दिइएको भए हामीले हाम्रोतर्फबाट अझ राम्रो कोशिस गर्न सक्थ्यौं भन्ने मलाई लागेको छ ।

८. मेलामा तपाईंको यो अनुभवपछि के तपाईं अन्य मेलाहरुमा पनि सहभागी बन्न चाहनुहुन्छ ?
म त मेलामा सहभागी बन्न सदैव तत्पर रहन्छु । व्यावसायिक मेलाहरु व्यवसाय वृद्धि गर्ने एक मात्र तरिका हो भन्ने मेरो मान्यता रहेको छ ।



PlaNet Finance Network


© २००८ एस्एम्इलिंक – सर्वाधिकार सुरक्षित. गृह पृष्ठ      हाम्रोबारे      सेवाहरु      समाचारहरु      घटनाहरु      तस्विर संग्रहालय      लिंकहरु      सम्पर्क      साइट सूची Optimized for १०२४ * ७६८
योमरी द्वारा निर्मित ।