English  |  नेपाली
SMElink — Bridging Euro-Asian Markets PlaNet Finance
E-Newsletter

ई-समाचारपत्रका लागि साइन-अप गर्नुहोस् !

ई-मेल


Discussion Forum

अन्तरवार्ता

गोविन्द भट्ट, अमेजिंग टुर्स
2009-04-23

हाल सञ्चालन भइरहेको "गुणस्तर व्यवस्थापन प्रणाली" सम्बन्धी प्रशिक्षणबारे प्रतिक्रिया संकलन गर्नका लागि एसएमइलिंकका विशेषज्ञहरु सम्मिलित टोलीले लाभान्वित उद्यमीहरुका कार्यालयहरुको स्थलगत भ्रमण गरिरहेको छ । यसै क्रममा उहाँहरु पहिलोपटक पर्यटन उद्यमी गोविन्द भट्ट (अमेजिंग टुर्स) को कार्यकक्षमा पुग्नुभयो । भट्टजीले उहाँहरुलाई आफ्नो संस्थाको प्रलेख राख्ने प्रक्रियाबारे बताउनुभयो ।

उहाँको संस्थाले "दिगोपन" को सिद्धान्तमा विश्वास गर्छ । त्यसैले त्यहाँ न्यूनतम कागजी काम हुने गर्छ । प्रायःजसो कामका लागि विद्युतीय प्रविधिको प्रयोग गरिन्छ । उहाँहरु प्रायः लेखासम्बन्धी हिसाबकिताबको अभिलेख राख्ने गर्नुहुन्छ । त्यस्तै उहाँको संस्थामा एक सामान्य दैनिक अभिलेख पनि राखिन्छ जसको मद्दतबाट विभिन्न समयमा पेश गर्नुपर्ने प्रतिवेदनहरु तयार गरिन्छ । त्यसैगरी उहाँहरु आफ्ना कार्यहरुको उचित व्यवस्थापन तथा सम्पादनका लागि एक आन्तरिक क्यालेन्डर पनि प्रयोग गर्नुहुन्छ ।

"गुणस्तर व्यवस्थापन प्रणालीसम्बन्धी प्रशिक्षण" बारे हामीले उहाँसँग गरेको कुराकानीको एक छोटो विवरण यहाँ प्रस्तुत गरिएको छ :

१. "गुणस्तर व्यवस्थापन प्रणालीसम्बन्धी प्रशिक्षण" बारे तपाईंको अनुभव कस्तो रहेको छ ? के यो फाइदाजनक जस्तो देखिन्छ ?
हालसम्म एसएमइलिंकले सञ्चालन गरेका प्रशिक्षणहरु ज्यादै नै सहयोगी सिद्ध भएका छन् । व्यावसायिक योजना निर्माणसम्बन्धी प्रशिक्षण होस् वा गुणस्तर व्यवस्थापन प्रणालीसम्बन्धी प्रशिक्षण, यी प्रशिक्षणहरु हामी जस्ता साना तथा मझौला उद्यमीहरुको क्षमता अभिवृद्धि गर्ने विषयमा केन्द्रित हुन्छन् । पहिले हामी हाम्रा खर्चहरु निर्धारण गर्दा हातैले हिसाब गथ्र्यौं । तर व्यावसायिक योजना निर्माणको क्रममा व्यावसायिक ज्ञान हासिल गरे पछि हामी सोही प्रशिक्षणका क्रममा प्रदान गरिएका विद्युतीय नमूनाहरु (टेम्पेलट्स) को प्रयोग गर्र्छौ । यसले हाम्रो काम गर्ने तरिका छिटो-छरितो बनाइदिएको छ ।
गुणस्तर व्यवस्थापन प्रणालीसम्बन्धी प्रदान गरिएको प्रशिक्षणले हाम्रो संस्थागत मापदण्ड र विश्वसनीयता कायम राख्न मद्दत गरेको छ । त्यसैगरी यसले हामीलाई हाम्रो आन्तरिक खाका तयार गर्न पनि सघाएको छ ।

२. तपाईंलाई प्रशिक्षणमा राम्रो लागेको कुरा के थियो ?
हाल सञ्चालन भइरहेको "गुणस्तर व्यवस्थापन प्रणालीसम्बन्धी प्रशिक्षण" ले हाम्रो संस्थाको पारदर्शितामा वृद्धि गरिदिएको छ । अहिले विभिन्न समयका लागि आवश्यक प्रतिवेदन तयार गर्दा अन्तिम घडीमा कुनै समस्याको सामना गर्नुपर्दैन । सरकारी कार्यालयमा वार्षिक प्रतिवेदन पेश गर्न पनि सहज भएको छ । त्यस्तै यस प्रशिक्षणबाट हामीले आन्तरिक व्यवस्थापनको महत्व पनि बुझयौं ।

३. तपाईंलाई प्रशिक्षणका क्रममा चित्तनबुझेको कुरा केही छ ?
साँच्चै भन्नुपर्दा प्लानेट फाइनान्सले प्रदान गर्ने गुणस्तर व्यवस्थापन प्रणालीसम्बन्धी प्रमाणीकरण संसारभर मान्य छ/छैन भन्ने विषयमा हामी विश्वस्त हुन सकेका छेनौं । हामी यस प्रमाणीकरणलाई व्यावसायिक साधनको रुपमा प्रयोग गर्न चाहन्छौं । प्रमाणीकरणपश्चात् हामी हाम्रा सेवाग्राहीहरुले हामीमाथि विश्वास गरुन् र अन्य संस्थाहरुको सेवाको सट्टा हाम्रा सेवाहरु प्रयोग गरुन् भन्ने चाहन्छौं ।

४. तपाईंलाई हाम्रा प्रशिक्षकहरु कस्तो लाग्यो ?
म त उहाँहरुलाई व्यावसायिक प्रशिक्षक भन्न रुचाउँछु । उहाँहरु साह्रै मिलनसार र सहयोगी हुनुहुन्थ्यो । यसपल्ट उहाँहरुले हरेक प्रशिक्षार्थीहरुलाई उत्तिकै ध्यान दिन एकल प्रशिक्षण सत्रहरु सञ्चालन गर्नुभयो जुन आफैमा प्रंशसनीय छ ।

५. प्रशिक्षणमा कहीं-कतै सुधार गर्नुपर्ने ठाउँ देख्नुभयो ?
प्लानेट फाइनान्स र यसका लाभान्वित उद्यमीहरुबीच राम्रो अन्तरक्रिया आवश्यक देखिन्छ । हामीलाई भविष्यमा सञ्चालन हुने तालिमहरुबारे जानकारी त दिइन्छ, तर प्लानेट फाइनान्सका कार्यक्रमहरुको समयतालिकाबारे पूर्ण विवरण भने हामी पाउँदैनौं । यदि हामीलाई यस्ता जानकारी दिइएमा हाम्रो आन्तरिक योजना निर्माण गर्न र निर्णयहरु लिन सहयोग पुग्छ ।



PlaNet Finance Network


© २००८ एस्एम्इलिंक – सर्वाधिकार सुरक्षित. गृह पृष्ठ      हाम्रोबारे      सेवाहरु      समाचारहरु      घटनाहरु      तस्विर संग्रहालय      लिंकहरु      सम्पर्क      साइट सूची Optimized for १०२४ * ७६८
योमरी द्वारा निर्मित ।