English  |  नेपाली
SMElink — Bridging Euro-Asian Markets PlaNet Finance
Discussion Forum

अन्तरवार्ता

फेयर ट्रेड मेला आरम्भ
2008-12-02

डिसेम्बर १ देखि त्रिपुरेश्वरको युनाइटेड वर्ल्ड ट्रेड सेन्टरमा वार्षिकरुपमा आयोजना गरिने फेयर ट्रेड मेला सुरु भएको छ । सो दुइ दिने मेलाको उद्देश्य फेयर ट्रेड (स्वच्छ व्यवसाय) सम्बन्धी सिद्धान्तबारे जनचेतना जगाउनु तथा नेपालभित्रै नेपाली हस्तकलाको बजार प्रवर्द्धन गर्नु रहेको छ ।

कार्यक्रममा बोल्नुहुँदै उद्योग मन्त्री अष्टलक्ष्मी शाक्यले हस्तकला हाम्रो राष्ट्रिय पहिचान भएको र हामीले यी परम्परागत कला र डिजाइनको प्रवर्द्धन गर्नुपर्ने कुरा राख्नुभयो । त्यस्तै उहाँले हरेक व्यावसायिक समूहले फेयर ट्रेडको माध्यमबाट हस्तकला क्षेत्रको प्रवर्द्धन गर्नुपर्ने र अन्तर्राष्ट्रियस्तरमा नेपाली ब्रान्डलाई स्थापना गर्नुपर्ने विषय पनि अघि सार्नुभयो ।

त्यसैगरी उहाँको विचारमा फेयर ट्रेडले भेदभावलाई न्यूनीकरण गर्न तथा ग्रामीण क्षेत्रको विकास गर्न पनि सहयोग गर्छ ।

वर्ल्ड फेयर ट्रेड अर्गनाइजेसन एसियाका अध्यक्ष चन्द्रप्रसाद कक्षपतिका अनुसार यस मेलाको उद्देश्य नेपाली हस्तकलाको प्रवर्द्धन गर्नु तथा सीमांकृत उत्पादकहरुलाई प्रोत्साहित गर्नु रहेको छ ।

यस मेलामा जम्मा २७ वटा स्टलहरु छन् जसमा चिया, कफी, अचार र प्रांगारिक उत्पादन जस्ता स्थानीय परिकारका साथै परम्परागत हस्तकला प्रदर्शनीका निमित्त राखिएका छन् ।

स्रोत : द हिमालयन टाइम्स



PlaNet Finance Network


© २००८ एस्एम्इलिंक – सर्वाधिकार सुरक्षित. गृह पृष्ठ      हाम्रोबारे      सेवाहरु      समाचारहरु      घटनाहरु      तस्विर संग्रहालय      लिंकहरु      सम्पर्क      साइट सूची Optimized for १०२४ * ७६८
योमरी द्वारा निर्मित ।