 |
|
 |
|
मुख्य समाचार
आइएफसीको निर्धनमा लगानी 2010-06-16
विश्व बंैक अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम -आइएफसी) ले निर्धन उत्थान विकास बैंकको सेयरमा अधिकतम १० प्रतिशत लगानी गर्ने भएको छ । बैंकले आगामी ५ वर्षभित्र एक लाख ५० हजारभन्दा बढी सदस्य बनाउने लक्ष्य लिइको छ । यो लगानी लघुवित्तको दायर बढाउनका लागि गरिएको हो । लगानी सम्झैतामा बैंक प्रमुख कार्यकारी अधिकृत हरिहरदेव पन्त र आइएफसीका दक्षिण एसिया निर्देशक पाओलो मार्टेलीले हस्ताक्षर गरे । कार्यकंममा पन्तले आइएफसीको सहयोगबाट लगानीकर्ता समुदायको हौसला बढ्ने बताए । मार्टेलीले लघुवित्तको विकासका लागि लगानी गरिएको बताए ।
नागरिक -१५ जुन, २०१०)
|
|
|
 |
|
 |