 |
|
 |
|
मुख्य समाचार
पोखरामा जैविक विविधता पार्क बन्ने भयो 2010-05-27
पोखरामा नयाँ गन्तब्यको रुपमा जैविक विविधता पार्क निर्माण हुने भएको छ । मन्त्रालयले त्यहाँका बासिन्दाको सक्रियतामा उक्त पार्कको निर्माण गर्ने भएको छ । नेपालमा पाइने ८६० चराचुरुङ्गी मध्ये पोखरामा मात्रै ३०० चराचुरुङ्गी र २० भन्दा बदि बन्यजन्तु पाइन्छन् । चराचुरुङ्गी र बन्यजन्तको संरक्षणका लागी उक्त पार्कको निर्माण गरिदै छ । पार्कको निर्माण पछि स्थानिय वासिन्दाका लागी आयआर्जनको स्रोतमा समेत सघाउ हुनेछ । नेपालमा भित्रिने पर्यटक मध्ये ७४ प्रतिशत पर्यटक जैविक विविधताको आकषणकै कारण पोखरा भित्रिने गर्छन् । पार्क निर्माण पछि पोखरामा २५ प्रतिशतले पर्यटक बृद्घ िहुने अनुमान गरिएको छ ।
स्रोत - कान्तिपुर
|
|
|
 |
|
 |