 |
|
 |
|
मुख्य समाचार
पोखरामा पनि केबलकार 2010-05-27
नेपाल सरकारले पोखराको लेकसाइडबाट विश्व शान्ति स्तुपसम्म केबल कार सञ्चालन गर्न दिने भएको छ । पोखरबाट स्तुप ९ किलोमिटर दुरिको अग्लो डाँडा - १,११३ मि.) मा अवस्थित छ । यस स्तुप, बौद्ध धर्मी पर्यटकका लागी आकर्षक गन्तब्य मानिन्छ । अनुबन्धकले स्तुप क्षेत्रभित्र मन्दिरको निर्माण गर्ने योजना बनाएको छ साथै सोही क्षेत्र वरपर होटेलहरु बनाउन व्यवसायीहरुलाई प्रोत्साहित गर्ने योजना समेत बनाएको छ । लेकसाइडबाट विश्व शान्ति स्तुपसम्मको यात्रालाइ एक दिन लामो भ्रमण बनाउन बेस स्टेसनको पार्क भित्र विभिन्न मनोरञ्जनात्मक क्रियाकलापको निर्माण गर्ने योजना पनि रहेको छ । यसका अतिरिक्त नेपाल सरकारले निजी तथा सार्वजनिक साझेदारी नितीअनुरुप केबलकार सञ्चालन गर्ने प्रस्ताव गरेको छ ।
स्रोत - कान्तिपुर
|
|
|
 |
|
 |