 |
|
 |
|
Events
एसियाली अतिकम विकसित मुलुकको छलफल राजधानीमा 2010-06-21 — 2010-06-23
अन्तर्राष्ट्रिय व्यापारबाट अत्याधिक फाइदा लिन सक्ने सम्भावना खोज्न पहिलो पटक एसियाली अतिकम विकसित मुलुक -एलडिसी) बीच सोमबारदेखि राजधानीमा छलफल सुरु हुँदै छ । विश्व व्यापार संगठन -डब्लुटिओ) अन्तर्गत एलडिसीलाइ व्यापार विस्तारका लागि सहयोथ पुर्याउने “इन्ह्यान्सड इन्टिग्रेट प\mेमवर्क -इआइएफ) बाट अत्याधिक फाइदा लिन सकिने सम्भावनामा गोष्ठी केन्दि्रत रहनेछ । तीन दिन सम्म चल्ने यस गोष्ठीमा नेपाल, भुटान, अफगानिस्थान, बंगलादेश, लावोस, मंगोलिया र यमन सहभागी छन् । इआइएफले अहिले ४७ एलडिसीलाइ सहयोग प्रदान गरिरहेको छ । यो सहायता व्यापार विस्तारका बाधक हटाएर आर्थिक वृद्धि र गरिबी निवारणमा सहयोग पुर्याउन केन्दि्रत रहने जारी विज्ञप्तिमा उल्लेख छ । नेपालका निर्यात सम्भावना भएको उत्कृष्ट १९ वस्तु तथा सेवा र तिनको विस्तार सम्भावनासहितको अध्ययन प्रतिवेदन “नेसनल टे्रड इन्टिग्रसन स्टडी -एनटिआइएस)” बिहीबार सार्वजनिक गर्दै छ ।
द काठमाण्डौं पोस्ट -२१ जुन,२०१०)
|
|
|
 |
|
 |