सगरमाथा दिवस शनिबार मनाइने 2010-05-29 — 2010-05-29
“तेस्रो अन्तर्राष्ट्रिय सगरमाथा दिवस” शनिवार देश भर विभिन्न कार्यक्रमका साथ मनाइने भएको छ । यो दिवस सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला पुगेको दिनको स्मृतिमा मनाइने गरिन्छ । सगरमाथा आरोहीलाइ विशेष समारोहका बिच मेडल तथा अवार्ड प्रदान गरिनेछ र साथै २० औ पटक सगरमाथा शिखर पुगेर विश्व कीर्तिमान बनाएका आप्पा शेर्पालाइ सार्क सद्भावना दुतका रुपमा सम्मान गरिनेछ ।