English  |  नेपाली
SMElink — Bridging Euro-Asian Markets PlaNet Finance
E-Newsletter

ई-समाचारपत्रका लागि साइन-अप गर्नुहोस् !

ई-मेल


Discussion Forum

Events

"एसएमइ एक्स्पो २०१०" को आयोजना गरिने
2010-04-30 — 2010-05-04

साना तथा मझौला उद्योगहरुको बजार विस्तार गर्न एवम् ती उद्योगहरुद्वारा उत्पादित वस्तुहरुको निर्यात क्षमतामा अभिवृद्धि गर्न नेपाल साना तथा मझौला उद्योग महासंघले आगामी अप्रिल ३०-मे ४ तारिखसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा "एसएमइ एक्स्पो २०१०" को आयोजना गर्ने भएको छ ।

सो एक्स्पोमा नेपालमै निर्मित नयाँ वस्तुहरु प्रदर्शनीका लागि राखिने छन् । त्यसैले उक्त एक्स्पो नेपाली साना तथा मझौला उद्यमीहरुका लागि एक उत्कृष्ट मञ्च सिद्ध हुने छ ।

नेपाल साना तथा मझौला उद्योग महासंघका अध्यक्ष जंगबहादुर श्रेष्ठका अनुसार विदेशी लगानीकर्ताहरुलाई निम्त्याई नेपाली उत्पादक र उनीहरुबीच व्यापारिक सम्बन्ध स्थापित गरेर अन्तर्राष्ट्रिय बजारलाई आकर्षित गर्नु नै यस मेलाको प्रमुख उद्देश्य रहेको छ ।

नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष सुरेन्द्रवीर मालाकारले आफ्नो मन्तव्य राख्दै नेपाल सरकारलाई साना तथा मझौला उद्योगहरुलाई प्राथमिकता दिनका लागि अपिल गर्नुभयो । उनका अनुसार साना तथा मझौला उद्योगहरुले नेपाली जनसंख्याको ठूलो हिस्सालाई रोजगारीको अवसर प्रदान गर्दै आएको छ ।

नेपाल साना तथा मझौला उद्योग महासंघले युरोपियन इकोनोमिक चेम्बर अफ ट्रेड, कमर्स एन्ड इन्डस्टि्र (इइसि-नेपाल), लन्डन चेम्बर अफ कमर्स एन्ड इन्डस्टि्र (एलसिसिआइ) र डेनमार्क फेडरेसन अफ स्मल एन्ड मिडियम इन्टरप्राइजेज (डिएफएसएमइ) को सहयोगमा उक्त प्रदर्शनीको आयोजना गर्दै छ ।



थप जानकारीको लागि वेवसाइट हेर्र्नुहोस्: http://arthakoartha.com/

PlaNet Finance Network


© २००८ एस्एम्इलिंक – सर्वाधिकार सुरक्षित. गृह पृष्ठ      हाम्रोबारे      सेवाहरु      समाचारहरु      घटनाहरु      तस्विर संग्रहालय      लिंकहरु      सम्पर्क      साइट सूची Optimized for १०२४ * ७६८
योमरी द्वारा निर्मित ।