 |
|
 |
|
Events
नेपाल-कतार व्यापार मिसन २०१० सम्पन्न 2010-04-11 — 2010-04-11
दोहास्थित नेपाली दूतावासले यही अप्रिल ११ तारिखका दिन "नेपाल-कतार व्यापार मिसन २०१०" को आयोजना गरेको थियो ।
उक्त व्यापार मिसनको उद्घाटन गर्नुहुँदै कतारका लागि नेपाली राजदूत सूर्यनाथ मिश्रले नेपाललाई एक प्रमुख एवम् सुरक्षित पर्यटकीय गन्तव्यका रुपमा प्रस्तुत गर्नुभयो ।
"नेपाल पर्यटन वर्ष २०११" को सन्दर्भमा नेपाल पर्यटन बोर्डका व्यवस्थापक दिवाकर विक्रम राणाले नेपालको प्राकृतिक, सांस्कृतिक र भौगोलिक विविधता र सुन्दरता झल्काउने फोटोहरुको संकलन प्रदर्शन गर्नुभयो । त्यसका साथै उहाँले विदेशी पाहुनाहरुलाई नेपाल भ्रमण गर्नका लागि आग्रह पनि गर्नुभयो ।
त्यसैगरी कार्यक्रममा उपस्थित अतिथिहरुलाई मन्नाइ होलिडेजका बजारीकरण र बिक्री व्यवस्थापक डेभिड आर पलले सातदिने प्याकेज टूरबारे बताउनुभयो । त्यसका साथै उहाँले ग्राहकहरुको चाहनाअनुरुप विभिन्न अन्य प्याकेजहरुको व्यवस्था गर्नसकिनेबारे पनि बताउनुभयो ।
सो कार्यक्रम दोहास्थित नेपाली दूतावासको सहयोग र नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम, गैरआवासीय नेपाली जनजाति महासंघ-दोहा र दोहास्थित ट्राभल एजेन्सी-मन्नाइ होलिडेजको संयोजकत्वमा आयोजना गरिएको थियो ।
स्रोतः द काठमाण्डु पोस्ट
|
|
|
 |
|
 |