 |
|
 |
|
Events
चिनियाँ व्यापार मेलामा सहभागी बन्ने अवसर ! 2010-06-06 — 2010-06-10
आगामी जून ६-१०, २०१० भित्र दक्षिण चीनको यूनान प्रान्तको कुन्मिङ शहरमा निरन्तर तेस्रो पटक "दक्षिण एसियाली राष्ट्र वस्तू व्यापार मेला" को आयोजना गरिंदै छ ।
कूल ५००० वर्ग मिटर क्षेत्रफल ओगटेको प्रदर्शनीस्थलमा ३०० वटा स्टलहरु राखिने छन् जसमा १४ दक्षिण एसियाली राष्ट्रका उद्यमीहरुले सहभागिता जनाउने छन् ।
उक्त मेलामा चीन एवम् दक्षिण एसियाली राष्ट्रहरुबाट व्यावसायिक तथा खुद्रा ग्राहकहरुको आगमन हुने छ ।
सो मेलामा नेपाली प्रदर्शकहरुले विगत केही वर्ष देखि निरन्तररुपमा सहभागिता जनाउँदै आएका छन् र तीमध्ये धेरैजसो नेपाली उद्यमीहरु यस वर्ष पनि मेलामा सहभागी बन्न उत्सुक देखिन्छन् ।
यदि तपाईं एसएमइलिंक परियोजनाको लाभान्वित उद्यमी हुनुहुन्छ भने हामी तपाईंलाई विशेष अवसर प्रदान गर्न सक्छौं ! त्यसैले हामीसँग यथाशीघ्र सम्पर्क राख्नुहोला !
|
|
|
 |
|
 |