 |
|
 |
|
Events
"लस एन्जेलस टाइम्स ट्राभल एन्ड एडभेन्चर सो" मा नेपालको पहिलो सहभागिता 2010-02-13 — 2010-02-14
"लस एन्जेलस टाइम्स ट्राभल एन्ड एडभेन्चर सो" मा नेपाल पर्यटन बोर्ड लगायत अन्य आठ नेपाली निजी ट्राभल ट्रेड कम्पनीहरुले नेपालको प्रतिनिधित्व गरेका थिए । सो दुइदिने मेलाको आयोजना दक्षिणी क्यालिफोर्नियाको अटोमोबाइल क्लबले ट्राभल अल्बर्टा, इटाली सरकारको पर्यटन बोर्ड, र भोल्भो कार्सको प्रायोजनमा क्यालिफोर्नियाको लस एन्जेलसमा गत फेब्रुवरी १३-१४ मा गरेको थियो ।
सो मेला अमेरिकामा आयोजना गरिने बृहत् मेलाहरुमध्ये एक रहेको थियो । पाँच एकड भूमिमा फैलिएको मेलास्थलमा ५५० जना प्रदर्शकहरुको सहभागिता रहेको थियो । सो मेलाका सहभागीहरुले यात्राका क्षेत्रमा लोकप्रिय व्यक्तित्वसँग भेटघाट गर्ने, विश्वभरका विभिन्न संस्कृतिसँग परिचित हुने र मेलास्थलमा सम्पन्न कार्यक्रमहरुमा रमाउने मौका पाएका थिए ।
मेलामा सहभागी साजसज्जायुक्त नेपालको स्टलले अत्याधिक आगन्तुकहरुको ध्यानाकर्षण गर्न सफल भएको थियो । उक्त मेलामा नेपालको स्टलले "नेपाल पर्यटन वर्ष २०११" को अभियानबारे प्रचार गरेको थियो । मेलाका आगन्तुकहरुलाई नेपाल भ्रमणका लागि सुहाउँदो समय र हवाईउडानसम्बन्धी जानकारी दिनुका साथै पदयात्रा र सांस्कृतिक भ्रमणबारे पनि थप जानकारी दिइएको थियो । त्यसैगरी आगन्तुकहरुले पनि "नेपाल पर्यटन वर्ष २०११" लाई लक्षित गरी ल्याइएका विशेष प्याकेजहरुबारे आफ्ना जिज्ञासाहरु राखेका थिए ।
स्रोत: द हिमालयन टाइम्स
|
|
|
 |
|
 |