English  |  नेपाली
SMElink — Bridging Euro-Asian Markets PlaNet Finance
Discussion Forum

Events

जुरिच फेस्पो २०१० मा नेपालको सहभागिता
2010-01-28 — 2010-01-31

स्वीट्जरल्यान्डस्थित नेपाली दूतावासले गैरआवासीय नेपाली - स्वीट्जरल्यान्डको सहयोगमा जुरिचमा यही जनवरी २८-३१ सम्म आयोजित अन्तर्राष्ट्रिय पर्यटन मेला, फेस्पो २०१० मा सहभागिता जनाएको थियो ।

फेस्पो २०१० को नेपाल स्टलको उद्घाटन गर्नुहुँदै स्वीट्जरल्यान्डका लागि नेपाली राजदूत डा. दिनेश भट्ट्र्राईले फेस्पो पर्यटन मेलाको अवसरमा नेपाली पर्यटन क्षेत्रसम्बन्धी गरिएको प्रवर्द्धनले नेपाल पर्यटन वर्ष २०११ लाई टेवा पुग्ने कुरा बताउनुभयो ।

उक्त कार्यक्रममा बोल्नुहुँदै उहाँले गैरआवासीय नेपाली- स्वीट्जरल्यान्डप्रति आभार प्रकट गर्नुभयो र सो संस्थाबाट भविष्यमा थप सहकार्यको अपेक्षा पनि गर्नुभयो ।

त्यसैगरी गैरआवासीय नेपाली-स्वीट्जरल्यान्डका अध्यक्ष डा. विनय श्रेष्ठले नेपालको आर्थिक कूटनीति प्रवर्द्धन गर्ने कार्यमा दूतावासका प्रयासको सराहना गर्नुहुँदै आगामी कार्यक्रमहरुप्रति नेपाली आप्रवासीहरुको प्रतिवद्धता प्रकट गर्नुभयो ।



थप जानकारीको लागि वेवसाइट हेर्र्नुहोस्: http://www.welcomenepal.com

PlaNet Finance Network


© २००८ एस्एम्इलिंक – सर्वाधिकार सुरक्षित. गृह पृष्ठ      हाम्रोबारे      सेवाहरु      समाचारहरु      घटनाहरु      तस्विर संग्रहालय      लिंकहरु      सम्पर्क      साइट सूची Optimized for १०२४ * ७६८
योमरी द्वारा निर्मित ।