Events
भाकान्ताइवर्स होलिडे फेयर २०१० मा नेपालको सहभागिता2010-01-12 — 2010-01-17नेपाल पर्यटन बोर्ड पर्यटन क्षेत्रमा कार्यरत ६ कम्पनीहरुको साथमा नेदरल्यान्डको उत्रेतमा जनवरी १२-१७ मा आयोजित भाकान्ताइवर्स होलिडे फेयर २०१० मा सहभागी भएको थियो । सो मेला बेनेलक्स -बेल्जियम, नेदरल्यान्ड र लक्जम्बर्ग) क्षेत्रमा आयोजना गरिने सबैभन्दा ठूलो उपभोक्ता-केन्द्रित पर्यटन मेला हो ।
उक्त मेलाको अवसरमा नेपाल पर्यटन बोर्डले नेपालका पर्यटकीय आकर्षणबारे मल्टिमिडियामार्फत विस्तृत जानकारी प्रस्तुत गरेको थियो । त्यसका साथै मेलाका क्रममा बोर्डले "नेपाल पर्यटन वर्ष २०११" लाई पनि विशेष प्राथमिकता दिएको थियो । उक्त प्रस्तुतीपश्चात् नेपालको पर्यटकीय क्षेत्रसम्बन्धी एक हाजिरी-जवाफ प्रतियोगिता सञ्चालन गरिएको थियो र यस प्रतियोगिताका विजेताहरुलाई पुरस्कार पनि वितरण गरिएको थियो ।
सो मेलामा आएका अवलोकनकर्ताहरु नेपालका साहसिक पर्यटकीय प्याकेजहरु र नेपालसम्मको सोझो उडानबारे जानकारी प्राप्त गर्न उत्सुक देखिन्थे । नेपालबारे जानकारी सिडी, पोस्टर, ब्रोसर र बुकलेटहरुमार्फत सम्प्रेषण गरिएको थियो ।