|
नेपाली साना एवम् मझौला उद्योगहरूको प्रवर्द्धन
नेपालले २०६१ वैशाख ११ गते (२३ अप्रिल २००४) विश्व व्यापार सङ्गठन (डब्ल्यू.टी.ओ./World Trade Organisation) मा प्रवेश गरेको हो । सङ्गठनको सदस्यता ग्रहण गरेपश्चात्
विदेशी वस्तुहरूमा लाग्ने भन्सार महसुल दरसम्बन्धी व्यवधान क्रमशः घटाउन नेपाल
प्रतिवद्ध भएको छ । यस कदमले नेपाललाई मात्र नभई अरू दक्षिण एसियाली विकासोन्मुख
राष्ट्रहरूलाई समेत फाइदा पुर्याउनेछ ।
नेपालको व्यापार र उत्पादन क्षेत्रमा
साना एवम् मझौला उद्योगहरूको महत्वपूर्ण भूमिका रहेको हुँदा
अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धाका लागि सक्षम तुल्याउन यी
उद्योगहरूको विकास गरिनुपर्छ ।
पारिवारिक वचतबाट सिर्जित र एकल पारिवारिक सदस्यद्वारा नियन्त्रित उद्योग भएका
हुनाले अधिकांश साना एवम् मझौला उद्योगहरू
अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धात्मक
हँदैन । यस्ता उद्योगहरूमा कार्यरत अधिकांश कामदारहरू सिपरहित आफन्त हुन्छन् जसलाई
करारपत्र र/अथवा राम्ररी परिभाषित कार्यदायित्व दिइन्न ।
निर्णयगर्ने प्रक्रिया
सहभागीमूलक नहुने हुँदा उद्योगको विकासको गति मन्द हुन्छ ।
ऋण लिन सबै बैंकमा धितो राख्नुपर्ने प्रावधानका कारण
पुँजीमा पहुँच सीमित हुन्छ, ।
व्यवसाययोजना, नगदप्रवाह व्यवस्थापनजस्ता उपयुक्त व्यावसायिक अभ्यासहरूको अभावले
यी साना एवम् मझौला उद्योगहरूलाई बैंकको नजरमा शङ्कास्पद ऋणग्राहीको रूमा प्रस्तुत
गर्छ । परिणामस्वरूप अधिकांश उद्योगहरूले अनौपचारिक बजारबाट उच्च ब्याजदरमा पुँजी
लिन्छन् । यसरी पुँजीको प्रबन्ध गर्दा उत्पादकत्व घट्छ र उत्पादन लागत बढ्छ ।
साना एवम् मझौला उद्योगहरूमा
प्रविधिसम्बधी नयाँ सोचको अभाव छ । यस्ता उद्योगहरूले
पचास वर्षघि प्रयोग गरिएका उत्पादन, वितरण तथा सञ्चारका विधि/ पद्धतिहरू प्रयोग
गर्छन् र अनुसन्धान, नयाँ सोच र नयाँ प्रविधिहरूमा थोरै लगानी गर्छन् । यसले
उत्पादकत्व घटाउँछ र लागत बढाउँछ, र अन्त्यमा बजारको मागअनुरुप वस्तु उत्पादन
हुँदैनन् ।
वस्तुहरूको कमसल गुण र स्तर निर्यातका मुख्य व्यवधान हुन् । यसका अतिरिक्त कच्चा
पदार्थको मूल्यमा हुने हेरफेरले उत्पादनसम्बन्धी योजना तर्जुमा प्रक्रियामा
प्रतिकूल असर पार्छ । पूर्वाधारको अभाव, विद्यमान राजनीतिक सङ्कट, सञ्चार तथा
यातायातसम्बन्धी कठिनाइ र अनियमित आयातीत कच्चा पदार्थले साना एवम् मझौला उद्योगका
निर्यातकर्ताहरूलाई चुनौती दिइरहेका छन् ।
उद्यमीहरू स्वतन्त्र रूपमा काम गर्छन् र ठूला उद्यमीहरूसँग सहकार्य गर्दैनन् ।
सहकार्य गरेको खण्डमा तोकिएको मूल्यमो ठूलो परिमाणमा कच्चा पदार्थ खरिद गर्ने काम
सुनिश्चित गर्न सकिन्थ्यो साथै दीर्घकालीन व्यावसायिक सम्बन्ध विकास गर्न सकिन्थ्यो
। साना एवम् मझौला उद्योगहरूले हरेक वर्षआफ्ना ग्राहक तथा बजारबारे पुनःविचार
गर्नुपर्छ ।
अन्त्यमा, अव्यवहारिक सरकारी नीतिले साना एवम् मझौला उद्योगक्षेत्रको विकासमा असर
पार्छ । यी उद्योगले प्रशासनिक कठिनाइको सामना
गर्नुपर्छ साथै सरकारी लगानीको अभावका
कारण गुणस्तर, क्वारनटिन नियम तथा निजी प्रमाणीकरण निकायहरूको विकास गर्न सक्दैनन्
। अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी रूपमा प्रवेश गर्नुअघि यी सबै कदम चाल्न
आवश्यक छ ।
यी कठिनाइका बावजूद पनि साना एवम् मझौला उद्यमीहरूले
अन्तर्राष्ट्रिय बजारमा
सफलतापूर्वक निर्यात गरिरहेका छन् । नेपालसंग पस्मिना, जुहारत, बहुमूल्य पत्थर र
समुदायमा आधारित पर्यटनजस्ता
अन्तर्राष्ट्रिय बजारलाई दिनसक्ने केही महत्वपूर्ण वस्तु तथा सेवा छन् । पर्वतारोही र पैदल यात्रीहरूका लागि नेपाल एक अनमोल पर्यटकीय
गन्तव्य हो ।
विश्व व्यापार सङ्गठनमा/WTO भएको नेपालको सहभागिताले भन्सार महसुल दरसम्बन्धी
व्यवधान घटाउनेछ, र नेपाली वस्तुहरूका लागि विदेशी बजार खोल्नेछ । यस्तो अवस्थामा
साना एवम् मझौला उद्योगहरूले
अन्तर्राष्ट्रिय बजारमा प्रवेश गरी यसका सम्भावनाबाट
पूर्ण लाभ लिने अवसर पाउनेछन् ।
|