 |
|
 |
|
परियोजना विवरण
एसएमइलिंक (SMElink) परियोजना नेपाली साना एवम् मझौला उद्योगहरुको प्रचारप्रसार गर्ने
कार्यमा समर्पित छ । नेपालको गरिबी घटाउन युरोपेली सङ्घले यो कार्यक्रम सुरु गरेको
हो । युरोपेली सङ्घले प्लानेट फाइनान्सलाई यस क्षेत्रको गहन अनुभवको आधारमा परियोजना
कार्यान्वयन गर्न चयन गरेको हो । यो परियोजनाले आफ्ना उद्यमीहरूबीचको व्यावसायिक
सम्बन्ध विकास र व्यवसायसम्बन्धी योजनाहरूको तर्जुमा लगायत व्यवसायवृद्धि सेवाहरूको
प्रावधानलाई समेट्नेछ ।
एसएमइलिंक युरोपेली एसिया इन्भेट कार्यक्रमअन्तर्गत सन् २००७ सेप्टेम्बरमा
आरम्भ गरिएको तीन
वर्षीय परियोजना हो । युरोपेली तथा दक्षिण एसियाली बजारहरूमा
निर्यात वृद्धि गर्न नेपाली साना एवम् मझौला उद्योगहरूको
विक्री-योग्यता तथा
प्रतिस्पर्धात्मक क्षमता विकास गर्नु यसको लक्ष्य हो ।
इच्छुक नेपाली उद्यमीहरूलाई सहभागी भई आफ्ना व्यवसायको प्रचारको अवसर हासिल गर्न
वर्षेनि तालिम तथा व्यापार मेलाहरू आयोजना गरिनेछन् । हरेक वर्षको अन्त्यमा पाँच साना
एवम् मझौला उद्योगले उत्कृष्ट लघु उद्योग पुरस्कार पाउनेछन् ।
पहिलो वर्षको सुरुवातमा गरिने प्लानेट फाइनान्सको बजार सर्वेक्षणमा आधारित भई हरेक
वर्षनेपालका विभिन्न साना एवम् मझौला उद्योगहरू छानिनेछन् । यसरी छानिएको हरेक साना
एवम् मझौला उद्योगका लागि वर्षेनि व्यावसायिक योजनाहरू (Business plans)
बनाइनेछन् । छनोट गरिएका उद्योगरूलेे व्यवसायिक योजना तर्जुमा गर्न परियोजना अवधिभर
सहयोग पाउनेछन् ।
साना एवम् मझौला उद्योगहरूको युरोपेली तथा दक्षिण एसियाली बजारहरूमा पहुँच बढाउन
प्लानेट फाइनान्सले निम्न सेवाहरू प्रदान गर्नेछ :
पहिलो वर्षः यो (एसएमइलिंक) परियोजना छनोट गरिएका साना एवम् मझौला उद्योगलाई सघाउने
खालका विधिहरूमा केन्द्रित हुनेछ ।
यी विधिहरू व्यवसाय प्रचारका निम्ति हुन् जस्तै
: वेब पोर्टलको सिर्जना तथा थालनी र
युरोपेली तथा दक्षिण एसियाली बजारहरूमा नेपाली वस्तुहरूको माग एवम् आपूर्तिबजार
बारे सर्वेक्षण ।
यो परियोजना अवधिमा वस्तु र सेवाक्षेत्रको छनोटका अतिरिक्त युरोपेली तथा दक्षिण
एसियाली साना एवम् मझौला उद्यमी साझेदारहरू पहिचान गरिनेछन् र व्यावसायिक साझेदारी
स्थापना गर्न नेपाली उद्यमीहरूसँग उनीहरूको सम्बन्ध स्थापना गरिनेछ । त्यसकासाथै
स्थानीयस्तरमा व्यवसायिक पुँजीमा पहुँच कसरी पुर्याउने भन्नेबारे पनि नेपाली
उद्यमीहरूलाई तालिम दिइनेछ ।
दोस्रो वर्षः एसएमइलिंकले नेपाली उद्यमीहरूलाई व्यवसाय कार्यशैली अभिवृद्धिसम्बन्धी
सेवाहरू प्रदान गर्ने कार्य जारी राख्नेछ ।
परियोजनाको पोर्टलमार्फत यी सेवाहरू प्रदान गरिँदा उद्यमीहरू विश्व सूचना समाजको एक
हिस्सा बन्न सक्षम हुनेछन् । साथै उद्योग सञ्चालन विधिहरू, स्तरीय उत्पादन
नियन्त्रण तथा उत्पादन
विक्री-वितरणलाई प्रभावकारी तुल्याउन तालिम दिइनेछ ।
तेस्रो वर्षः एसएमइलिंक नेपाली साना तथा मझौला उद्यमीहरूको सहभागिताका लागि उपयुक्त
व्यावसायिक वातावरण सुनिश्चित गर्ने कार्यमा केन्द्रित हुनेछ ।
युरोपेली बजारहरूमा हुने नेपाली साना एवम् मझौला उद्योगहरूको प्रवेशलाई कायगोष्ठीहरू
तथा एसएमइ मूल्यांकन विधिको प्रयोगमार्फ अनुगमन गरिनेछ । परियोजनाको अन्त्यमा
उत्कृष्ट लघु उद्योग पुरस्कारका अतिरिक्त पच्चीस साना एवम् मझौला उद्योगले प्लानेट
फाइनान्सद्वारा तयार गरिएको निजी वेबसाइट प्राप्त गर्नेछन् भने अर्का पच्चीसले
ल्यापटप कम्प्युटर पाउनेछन् ।
यस तीन वर्षीय परियोजनाको अन्त्यमा पारदर्शी तथा विश्वसनीय व्यावसायिक वातावरण
सिर्जना गर्न आपसी पहिचानमा सुधार ल्याउँदै र आफ्ना प्रविधिहरूलाई अनुकूल तुल्याउँदै
एकअर्कासँग व्यवसाय गर्न नेपाली, दक्षिण एसियाली तथां युरोपेली उद्यमीहरूलाई विधिहरू
प्रदान गरिनेछ ।
|
|
|
 |
|
 |