एसएनभी नेदरल्यान्ड्स विकास संस्था
एसएनभी नेदरल्यान्ड्स विकास संस्था एक बहुसांस्कृतिक विकास संस्था हो जुन
अन्तराष्ट्रियरुपमा विश्वका ३३ वटा मुलुकहरुमा कार्यरत छ भने सन् १९८० देखि नेपालमा
पनि सञ्चालनरत् छ । यस संस्थाको उद्देश्य स्थानीय संस्थाहरुको क्षमता अभिवृद्धि गरी
एउटा यस्तो समाजको निर्माण गर्नु हो जहाँ सबैले स्वतन्त्ररुपमा आ-आफ्नो विकास गर्न
पाउँछन् । त्यस्तै यस संस्थाको सर्वोपरि अभिप्राय भनकै समाजका दबाइएका,
गरिब तथा सुविधाबाट विमुख वर्गलाई सामाजिक, आर्थिक तथा राजनीतिकरुपले सशक्त बनाउनु
हो । एसएनभीले आफ्ना स्थानीय साझेदारहरुसंग सहकार्य गर्दै स्थानीय सरकारलाई थप
प्रभावकारी तथा जिम्मेवार बन्न सघाउँछ । यसले समावेशी समाज, लैङ्गिक समानता तथा
दिगोपनलाई विशेष ध्यान दिई विपन्न वर्गको जीवनयापनमा सुधार ल्याउन पनि मद्दत गर्छ ।
सो उद्देश्य प्राप्तिका लागि यस संस्थाले निम्न कामहरु गर्दछः
उत्पादन, रोजगारी तथा समान आयआर्जनका अवसरहरुको वृद्धि गरी न्यूनतम गरिबीलाई घटाउने
।
शिक्षा, स्वास्थ्य, खानेपानी र स्वच्छ वातावरण जस्ता आधारभूत सेवाहरुको पहुँच, परिधि
तथा गुणस्तरमा सुधार ल्याउने ।
एसएनभी विपन्न वर्गप्रति केन्द्रित दिगो पर्यटन विकासका क्षेत्रमा कार्यरत विश्वकै
अगुवा संस्था हो । यस संस्थाका ६० भन्दा बढी विज्ञ-सल्लाहकारहरु जिम्मेवार तथा दिगो
पर्यटनको विकासलाई टेवा पुर्याउन आफ्ना स्थानीय साझेदार संस्थाहरुसँग सहकार्य
गर्दैछन् ।
एसएनभीले विगत पच्चीस वर्षेखि नेपालको दिगो विकासमा सहयोग गर्दै आएको छ । वर्तमान
परिस्थितिमा एसएनभीको सहयोग पाँच प्रमुख क्षेत्रहरुमा केन्द्रित छ । ती हुन् विपन्न
वर्गप्रति केन्द्रित दिगो पर्यटन विकास
PPST
_, थोरै जमिनमा लगाइने नगदे बाली,
थोरै जमिनमा हुर्काइने रुख, पुनःनवीकरण गर्न सकिने ऊर्जा, ग्रामीण सामुदायिक
खानेपानी तथा स्वच्छ वातावरण ।
१९९० दशकको अन्त्यतिर कर्णाली जिल्लामा सञ्चालन गरिएको जिल्ला साझेदार
का्यक्रम
DPP _
मार्फत एसएनभी पर्यटन क्षेत्रको विकाससम्बन्धी
कार्यक्रममा पहिलोपटक
प्रमुखरुपले सहभागी बन्न पुग्यो ।
DPP
ले आर्थिक विकासका निम्ति सहभागीमूलक योजना
निर्माण तथा सह-क्षेत्रको विकास गर्ने नीति अपनाउँदा एसएनभीले जिल्ला विकास समिति,
गाउँ विकास समिति, स्थानीय गैर-सरकारी संस्था तथा सामुदायिक समूहहरुको क्षमता विकास
गर्न प्राविधिक सल्लाह दिई सघाउ पुर्यायो । बेलायतस्थित विपन्न वर्गप्रति
केन्द्रित पर्यटन साझेदार नामक संस्थाले एसएनभीले हुम्लामा गरेका कार्यहरुबारे एक
लेख प्रकाशित गर्यो । यो लेख संसारकै विपन्न वर्गप्रति केन्द्रित पर्यटनसम्बन्धी
अध्ययन तथा अभिलेखीकरण गरिएको पहिलो लेख हो ।
DPP
मार्फ बटुलेका अनुभवले एसएनभीलाई सन् १९९९ मा डि.एफ.आइ.डि., संयुक्त राष्ट्र
संघ विकास कार्यक्रम
(UNDP), नेपाल पर्यटन बोर्ड
-
NTB
_
र संस्कृति,
पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय
MoCTCA
_
को सहकार्यमा सञ्चालन गरिएको
ग्रामीण गरिबी निवारणका निम्ति पर्यटन
कार्यक्रम
-TRPAP_
को अगुवाइ गर्न सक्षम
तुल्यायो । त्यतिबेला विपन्न वर्गप्रति केन्द्रित पर्यटनलाई समुदायमा आधारित
पर्यटनको रुपमा बुझिन्थ्यो र यसै अनुरुप
कार्यक्रमहरु पनि निर्धारण हुन्थे । यसको
उल्लिखित उद्देश्य भनेको नीतिहरुको परिमार्जन तथा निर्माण गर्नु र विपन्न वर्ग,
वातावरण, महिला तथा ग्रामीण समुदायप्रति केन्द्रित दिगो पर्यटन विकासको रणनीतिक
योजना निर्माण गरी सरकारको गरिबी निवारण गर्ने उद्देश्यलाई टेवा पुर्याउनु थियो ।
यस
TRPAP कार्यक्रम सामाजिकरुपमा सीमांकित तथा आर्थिकरुपले पहुँच नभएका लक्षित
समुदायलाई आफ्नो विकास गर्नका निम्ति सक्रियरुपमा योजना निर्माण गर्न घच्घच्याउन
धेरै सफल भयो । यसका साथै यस कार्यक्रमले अति आवश्यक तथा अपेक्षित आधारभूत सेवाहरु,
संस्थागत विकास, व्यावसायिक सीप तथा वातावरणीय जनचेतनासम्बन्धी तालीम पनि दिलायो ।
तर नेपालका अन्य समुदायमा आधारित पर्यटनका कार्यक्रमहरुले जस्तै यस कार्यक्रमले पनि
बजारलाई सुहाउँदो पर्यटन उत्पादन तथा सेवाहरुको विकास गर्ने क्रममा थोरै मात्र
सफलता हासिल गर्यो । यसका प्रमुख कारणहरु निम्न हुन्:
नेपालको राजनीतिक द्वन्द्वका कारण पर्यटन आगमन प्रतिकूलरुपले प्रभावित भयो । त्यस्तै
सोही कारणले गर्दा नेपाल भित्रिसकेका तर प्रचलनमा रहेको पर्यटकीय गन्तव्यबाहेक अन्य
ठाउँहरु पनि भ्रमण गर्न रुचाउने पर्यटकको संख्यामा व्यापक कमी आयो ।
नयाँ पर्यटकीय गन्तव्यहरुको पर्याप्त तथा प्रभावकारी ढङ्गबाट प्रचार हुन सकेन ।
मागअनुरुप पर्यटन वस्तु तथा सेवाको उत्पादन, लक्षित बजारमा तिनको पहुँच तथा
प्रभावकारी प्रचार गर्ने जस्ता पर्यटन उद्योगका कार्यमा अन्य विकाससम्बन्धी
साझेदारहरुले पर्याप्त मात्रामा सहयोग गर्न असमर्थ भए ।
एसएनभी नेपालले सन् २००५ मा आफ्ना विपन्न वर्गप्रति केन्द्रित दिगो पर्यटनका
क्षेत्रमा संगालेका
अन्तराष्ट्रिय अनुभवका आधारमा सिकेर लिएका पाठहरुको माध्यमबाट
विगतका एएक्त्
कार्यक्रमहरुमा
औँल्याइएका कमी-कमजोरीहरुको निराकरण गर्न सक्ने अझ
बढी केन्द्रित, एकीकृत तथा प्रभावकारी
कार्यक्रमहरु तयार गर्न तथा साझेदारी स्थापना
गर्न एएक्त् को रणनीतिलाई परिमार्जन गर्यो ।
यो नौलो रणनीतिको मूलभूत बुझाइको रुपमा विपन्न वर्गप्रति केन्द्रित दिगो पर्यटन
-
PPST _
लाई समुदायमा आधारित पर्यटनभन्दा भिन्न रुपमा हेर्न थालियो । यो एक एकीकृत
पद्धति हो जसमा पर्यटनसम्बन्धी योजना निर्माण, विकास लगायत व्यवस्थापन पक्ष समावेश
गरिएका हुन्छन् । एसएनभीको प्रमुख ग्राहृयतामा पर्यटन क्षेत्रबाट प्राप्त गरिएका
लाभलाई थप बृहत् तथा गहन बनाउन र देशबाट आर्थिक चुहावट घटाउन पर्यटन क्षेत्र र
कृषि, हस्तकला जस्ता अन्य क्षेत्रबीचको सम्बन्धलाई सबल बनाउने काम पर्दछ । यसका
साथै हाल यस संस्थाले निम्न लिखित विषयहरुमा पनि जोड दिएको छ:
पर्यटन विकाससम्बन्धी रणनैतिक योजना निर्माण गर्ने जसले हाल प्रचलित तथा विशेषगरी
नयाँ पर्यटन गन्तव्यमा निर्माण हुने पर्यटनसम्बन्धी योजना विपन्न वर्गप्रति
केन्द्रित, दिगो तथा बजारमुखी होस् भनी विश्वस्त गर्दछ ।
पर्यटन उद्योगका निजी क्षेत्रसँग निकट सहकार्य स्थापना गर्ने विषयलाई विशेष जोड दिई
यस एएक्त् कार्यक्रमका केही विशिष्ट कार्यहरुलाई यस उद्योगका सबै क्षेत्रहरुको
मूलधारमा परिचालन गर्ने ।
बजारको माग अनुरुप बजारमुखी समुदायमा आधारित पर्यटनका वस्तु तथा सेवाहरुको उत्पादन
गर्ने ।
उत्तम बजार सञ्जालको विश्लेषण तथा विकास गर्ने, लघु तथा साना उद्यमीहरुलाई सहयोग
गर्ने एवम् तिनका वस्तु तथा सेवाहरुका निम्ति प्रभावकारी बजार सम्बन्ध विस्तारलाई
सहजीकरण गर्ने ।
यो नौलो रणनीति अपनाएपछि केही कार्यक्रम तथा मुद्दाहरु तय भएका छन् । ती यस प्रकार
रहेका छन्:
१. लुम्बिनी र रुपन्देहीका स्थानीय लघु तथा साना पर्यटन उद्यमीहरुका लाग लक्षित
व्यावसायिक तालिम तथा वस्तु विकास एवम् बजारीकरणसम्बन्धी सहयोग दिइयो
.
TRPAP
को
अन्तिम मूल्यांकन प्रतिवेदनमा यो अत्यन्त सफल कार्यबारे बेग्लै तारिफ गरियो ।
२. दिगो पयर्टन सञ्जालका निम्ति सहभागीमूलक योजना निर्माण, संस्थागत विकास र
संगठनात्मक विकासका लागि सहयोगः यो एक मञ्च हो जसले सरकारी, निजी,
(अन्तराष्ट्रिय)
गैरसरकारी संस्था, शिक्षा तथा सामुदायिक क्षेत्रहरुका पर्यटनसम्बन्धी
सरोकारवालाहरुलाई एकै ठाउँमा ल्याई विभिन्न क्षेत्रहरुबीच सहकार्य गर्न सहज बनाउँछ
।
३. संयुक्त राष्ट्र संघ वातावरण परियोजना
UNEP _
तथा नेपाल पर्यटन बोर्ड
NTB _
को सहकार्यमा युरोपेली आयोग
EC _
को एसिया इन्भेस्टद्वारा लगानी गरिएको
नेपालको दिगो पर्यटन उत्पादनका निम्ति बजारीकारणसम्बन्धी सहयोग
MAST-Nepal
_
नामक एक परियोजना योजनावद्ध तथा कार्यान्वयन गरियो ।
४. गरिबी घटाउनका लागि पर्यटन बजारमा औपचारिक तथा अनौपचारिक उद्योगहरुबीच सम्बन्ध
विस्तार गर्ने उद्देश्य अनुरुप संयुक्त
राष्ट्र विश्व व्यापार संघ-दिगो
पर्यटन-वातावरण संरक्षण - ग्ल्ध्त्इ-क्त्-भ्ए ) द्वारा लगानी गरिएको ग्रेट हिमालयन
ट्रेल डेभलपमेन्ट प्रोग्राम नामक प्रमुख परियोजना हुम्लामा सञ्चालन गरियो ।
एसएनभी-नेपाल पर्यटन क्षेत्रसम्बन्धी रणनीतिबारे थप जानकारी हासिल गर्न कृपया यहाँ
सर्म्पर्क गर्नुहोला: पल स्टिभन्स्, क्षेत्रीय प्रमुख तथा सिनियर पर्यटन सल्लाहकार
pstevens@snvworld.org वा मोनिका ओलीभेरोस,
विपन्नवर्गप्रति केन्द्रित दिगो पर्यटन सल्लाहकार
moliveros@snvworld.org ।