 |
|
 |
समस्थ लङ्का प्रजा संवर्द्धन मण्डालय
सामान्य विवरण
कम्पनी ऐन नं. १७, १९८२-अन्तर्गत दर्ता गरिएको यो कम्पनी लिमिटेड प्रकृतिको छ । मे
१०, १९९३-मा दर्ता गरिएको यो कम्पनीको दर्ता नं. एन (ए.) ३३३ हो । राष्ट्रिय
गैरसरकारी संस्था सचिवालय अन्तर्गत पनि राष्ट्रिय संस्थाको रूपमा डिसेम्बर २०,
२००१-मा दर्ता गरिएको सो कम्पनीको दर्ता नं. एल-३७७०१ हो ।
संस्थाका प्रमुख लक्ष्यहरू
- सामुदायिक संस्थाहरूको सङ्गठन, विकास र सुदृढीकरण गर्ने ।
- विपन्न वर्गको सामाजिक, आर्थिक, आध्यात्मिक तथा व्यावहारिक क्षेत्रमा सशक्तीकरण
गर्ने ।
- शान्ति र मेलमिलापसम्बन्धी पहल गर्ने ।
- लैङ्गीक र समता प्रवर्द्धन ।
- वातावरण संरक्षणमा ध्यान दिने र दिगो विकास प्रवर्द्धन गर्ने ।
मानवीय श्रोतसाधन
| सभापति : |
श्री मदुविला गमराछिगे सुनील सेनेविरथ्ना सिल्भा |
| कोषाध्यक्ष: |
श्री होल्लुपथिरागे चरिथ सञ्जीवा कालडेरा |
| सचिव: |
श्री नगोडा विथानागे डेन्सिल प्रियन्था रोहन |
| कार्यकारी सदस्य: |
श्रीमती लक्ष्मी चन्द्रकण्ठी डे सिल्भा अमनगिलिहेवा |
विज्ञता, मुख्य क्रियाकलाप तथा लाभान्वित समूह
- विपन्न वर्गको सामाजिक परिचालन तथा सङ्गठन
- संस्थाहरूको सञ्जालविकास
- पूर्वविद्यालय शिक्षा तथा अनौपचारिक शिक्षा
- जनस्वास्थ्य तथा पोषण
- मानवअधिकार तथा कानुनी सचेतना
- सुशासन तथा लोकतन्त्र
- बालअधिकार तथा बाल विकास
- लिङ्ग तथा महिला सशक्तीकरण
- राष्ट्रिय एकीकरण
- द्वन्द्व व्यवस्थापन तथा शान्तिनिर्माण
- विपन्नद्वारा जोखिमव्यवस्थापन (लघु बीमां)
- स्वरोजगारी तथा व्यावसायिक तालिम
- ग्रामीण कर्जा
- लघु वित्त तथा उद्यमशीलता विकास
- प्राङ्गारिक तथा दिगो कृषि
- वातावरण व्यवस्थापन
- दिगो विकास
- श्रीलङ्काको तटीय क्षेत्रमा सुनामीप्रभावित समुदायहरूका लागि राहत तथा सहायताको
व्यवस्था
- सुनामीपश्चात्को प्रकोप व्यवस्थापन
परियोजना
- विगत
१. एकीकृत ग्रामीण विकास परियोजना, १९९६-२००६
दात्री संस्था: नोराड
लक्ष्य: स्वावलम्बन विकास, ग्रामीण संस्थागत विकास, शान्ति तथा द्वन्द्व रूपान्तरण
लक्षित समूह: ग्रामीण विपन्न वर्ग
परिणाम: २४० सामुदायिक सजगता सामाजिक एकाइ तथा ५४ सामुदायिक संस्थाको सबलीकरण
२. लघु वित्त संस्थाहरू, १९९३-देखि हालसम्म -अवधि : १४ वर्ष
दात्री संस्था: नोराड, विकास बैंकहरू, प्लानेट फाइनान्स, सी.सी.एफ.
लक्ष्य: स्वावलम्बन विकास, ग्रामीण संस्थागत विकास
लक्षित समूह : ग्रामीण विपन्न वर्ग
परिणाम : छनोट गरिएका गाउँका २३,८९० व्यक्तिको सशक्तीकरण
३. पारस्परिक लघु बिमा सुविधा कार्यक्रम, २००० -अवधि: ७ वर्ष
दात्री संस्था : नेदरल्यान्डस्थित इन्टरपोलिस
लक्ष्य : ग्रामीण विपन्न वर्गद्वारा जोखिम व्यवस्थापन
लक्षित समूह : ग्रामीण विपन्न वर्ग
परिणाम : २३,००० सदस्यका लागि जोखिमविरुद्ध संरक्षण
बिरामी, दुर्घटना र मृत्युजस्ता भवितव्यका बेला एकल महिला, टुहुरा र दुर्घटनाबाट
अपाङ्ग वा मृत्यु भएकाहरूका आफन्तलाई राहत प्रदान गर्ने र सङ्कटाभिमुख समूहहरूको
जीवनमा प्रभाव पार्ने जोखिमपूर्ण कारक तत्वलाई घटाउने । हालसम्ममा समेटिएका
व्यक्तिगत सदस्यहरूको कुल सङ्ख्या १३,५०० छ भने परिवारिक सदस्यहरूको कुल सङ्ख्या
७३,००० छ ।
- हालका परियोजना
ग्रामीण विपन्न वर्गको लोकतन्त्रमा पहुँच तथा कानुनी सशक्तीकरण, २००१ -अवधि : ८
वर्ष
दात्री संस्था : एसिया फाउन्डेसन
लक्षित समूह : विपन्न वर्ग तथा तिनका परिवार
परिणाम : विपन्न वर्गमा कानुनी तथा अधिकारसम्बन्धी सचेतना
- भावी परियोजना
एसिया भ्रमण, २००७ -अवधि : ३ वर्ष
दात्री संस्था: प्लानेट फाइनान्स, एसिया डेस्क
लक्ष्य : ग्रामीण विपन्नहरूको व्यापार प्रवर्द्धनमा सशक्तीकरण
लक्षित समूह : ग्रामीण विपन्न वर्ग - २५० औद्योगिक श्रमिक
परिणाम : एसियाली तथा युरोपेली बजारहरूसँग विक्री-वितरण सम्बन्ध विकास
भावी रणनीति
- प्राविधिक दक्षता
- संस्थागत दक्षता
- व्यवस्थापकीय दक्षता
- सुशासनिक दक्षता
- व्यवसायिक दक्षता
- सुपथ मूल्य तथा सम्बन्ध विकास/सञ्जाल
- व्यवस्थापन सूचना प्रणाली तथा सूचना प्रविधि विकास
अन्य साझेदारहरूको चिनारी
|
|
|
 |
|
 |