प्लानेट फाइनान्स
लघु वित्त विकासमार्फत अन्तर्राष्ट्रिय ऐक्यबद्धता
एउटै ध्येय: विश्व गरिबी न्यूनीकरण गर्ने
वित्तीय मध्यस्थकर्ताहरू, बैंक, सहकारी, गैरसरकारी संस्था र लघु वित्तीय संस्थाले
वित्तीय सेवामा विपन्नतम जनसमुदायहरूको पहुँच विस्तार गर्दै आएका छन । उनीहरुका
अनुसार तीस वर्षता गरिबीसँग लड्ने अति प्रभावकारी विधिहरूमध्येको एक विधि लघु वित्त
भएको देखिन आएको छ ।
प्लानेट फाइनान्स मुनाफारहित संस्था हो । यसले ससम्मान गरिबीबाट उम्कन चाहने पुरुष
तथा महिलाहरूका लागि व्यावसायिक परियोजनाहरूको विकासमा सहयोग पुर्याउन लघु वित्तीय
संस्था, विज्ञ तथा स्थानीय पात्रहरूको सञ्जालहरूको विकास र प्रवर्द्धन गर्छ ।
एउटै अभिलाषा: विश्वभरिका उद्यमीहरूसँग निकट हुने
- ६० मुलुकमा गरी ३८ कार्यालय
- ८०० -भन्दा बढी लघु वित्त संस्थामा सहयोग पुर्याइसकेको
- सन् २००६-मा ७० लाख लघु उद्यमी
एउटै प्रतिबद्धता: लघु वित्तक्षेत्रको विकास गर्न ६ कार्यक्रम
प्लानेट फाइनान्स समूहले लघु वित्तमा संलग्न भएकालाई बृहत् सेवा प्रदान गर्दै
उनीहरूका सबै आवश्यकतालाई सम्बोधन गर्छ ।
क्रियाकलाप नं. १ : प्राविधिक सहयोग
६९ कार्यक्रम, ५९ लाख युरो भएको बजेट, २७ कार्यालय र २२८ कर्मचारी (२००६-को आँकडां)
प्लानेट फाइनान्सले प्राविधिक सहयोगमार्फत सवै किसिमका लघु वित्तीय संस्था एवम्
सञ्जाल, सरकार, बैंक, बीमा कम्पनी तथा एपेक्स संस्थाहरूलाई आफ्ना सेवा र अनुभव
प्रदान गर्छ ।
प्राविधिक सहयोगका १० क्षेत्र
१. विनयम
२. लघु वित्त संस्थाहरूको स्थापना
३. जोखिम व्यवस्थापन
४. लघु वित्तका लागि वस्तु, सेवा र कार्यविधिहरूको विकास
५. संस्था निर्माण
६. रणनीतिक एवम् व्यावसायिक योजना तर्जुमा
७. बजार तथा प्रभाव अध्ययन
८. न्यूनीकरण/पूर्वन्यूनीकरण
९. व्यवसाय विस्तार सेवा
१०. प्रशिक्षण/प्रशिक्षण केन्द्रहरू
क्रियाकलाप नं. २ : वित्तीय सेवाहरू : प्लानेट फाइनान्स लगानी परामर्शदाता तथा
व्यवस्थापकहरू
२३ लघु वित्त संस्थालाई आर्थिक लगानी गरिएका, ३ करोड युरो भएको कोष र १२ वित्त
विशेषज्ञ (२००६-को आँकडा)
प्लानेट फाइनान्सले विकासका हरेक तहमा रहेका लघु वित्तीय संस्थाहरूलाई वित्तीय सेवा
प्रदान गर्छ । परिणामस्वरूप, ५ हजारदेखि २ करोड रकमसम्मको ऋण लगानी गर्न सक्ने यो
संस्थाले विश्वमै महत्वपूर्ण स्थान ओगटेको छ । हाल प्लानेट फाइनान्सले ६ लघु
वित्तीय कोषसँग काम गरिरहेको छ र आफ्नै कोषको पनि व्यवस्थापन गर्छ । यस प्रक्रियामा
यसले कोषचक्रका सबै चरण (लघु वित्त संस्थाहरूको पहिचान, उचित ध्यान, भुक्तानी र
कर्जा प्रवाह )-मा सेवा प्रदान गर्छ ।
क्रियाकलाप नं.३ : प्लानेटको स्तरीकरण
झन्डै २४० लघु वित्त संस्था, २००६ -का लागि ७७०,४३६ युरो लगानी र ५१५ विश्लेषक
(२००६-को आँकडा)
आफ्ना वित्तीय साझेदारहरूलाई पारदर्शिता प्रदान गरेका कारण आफ्नो कार्यकुशलता
सुधार्न र नयाँ कोषलाई आकषिर्त गर्न लघु वित्त संस्थाहरूलाई स्तरीकरणले सहयोग गर्छ
।
स्तरीकरण/अपडेट/लघु स्तरीकरण : जिराफ कार्यविधि प्रयोग गरी लघु वित्तीय संस्थाहरूको
कार्य सम्पादन र संस्थागत जोखिमको मूल्याङ्कन । जिराफ विधिसम्बन्धी तालिमसत्रहरू :
सहभागीमूलक पद्धति तथा विषय अध्ययनहरूमार्फत जिराफ मूल्याङ्कन सहयोगी
पुस्तिकासम्बन्धी तालिम ।
स्टकहोल्डरहरू : प्लानेट फाइनान्स/PlaNet Finance, सी.डी.सी./CDC, कोफेस तथा भिल
एण्ड कम्पनी फाइनान्स/
Coface and Viel & Co. Finance
क्रियाकलाप नं.४ : लगानी : माइक्रोक्रेड
दुइ क्रियाशील तथा २ पूर्वक्रियाशील लघु वित्तीय संस्था, कुल १ करोड ९० लाख ५०
हजार युरोको आवेदित प्रतिवद्धता, १ करोड १५ लाख चौवालीस हजार सात सय युरोको आवेदित
पुँजी, ७ हजार २ सय ६९ ग्राहक, कुल ३४ लाख २६ हजार ६ सय ८२ युरोको धितोपत्र, २१
जनालाई होल्डिङ कम्पनीद्वारा रोजगारी, ३३७ जनालाई समूहद्वारा रोजगारी
(अगस्त ३१,
२००७-को आँकडा)
माइक्रोक्रेड परम्परागत वित्तीय प्रणालीहरूबाट वञ्चित ग्राहकहरूलाई सेवा पुर्याउने
व्यावसायिक लघु वित्तीय संस्था समूहको स्थापना तथा विस्तारमा केन्द्रित पुँजी लगानी
गर्ने कम्पनी हो ।
स्टकहोल्डरहरु : प्लानेट फाइनान्स/PlaNet Finance, आई.एफ.सी./IFC, ए.एक्स.ए./AXA, बैंक बेल्जियम/Bank Belgium र ए.एफ.डी./AFD, इ.आई.बी/EIB
क्रियाकलाप नं.५ : नयाँ उद्योगमा पुँजी लगानी गर्ने कम्पनी : फाइनासिते/ FINANCITÉS
कोषआकार : २००६-मा फ्रान्समा स्थापना गरिएको, ५० लाख युरो पुँजी भएको र संसारका
पहिला लघु वित्तीय संस्थाहरूमध्येको एक फाइनासिते/FINANCITÉS
लघु
उद्यमीहरूलाई वित्तीय ऋण नभई पुँजी प्रदान गर्दछ ।
फ्रान्सेली संवेदनशील सहरी छिमेकहरूका लघु उद्यमीहरूप्रति समर्पित फाइनासिते/FinanCités
नयाँ उद्योगमा पुँजी लगानी गर्ने कम्पनी हो । यसले समतामूलक कोष तथा कर्जा प्रदान
गर्छ ।
उद्देश्य : लघु उद्योगहरूलाई दिगो बनाई अर्धसहरी क्षेत्रको जीवनस्तर सुधार्ने तथा
बेरोजगारी घटाउने ।
आगामी महिनाहरूमा अन्य देशहरूमा पनि प्लानेट फाइनान्सले फाइनासिते/FINANCITÉS
लाई अनुसरण गनुपर्नेछ ।
स्टकहोल्डरहरु : एच.एस.बी.सी./HSBC, सी.डी.सी./CDC, क्लब दु XXIe सिएक्ल/Club du XXIe Siècle, मादाम तेताँजे/Mme. Taittinger, र इभन्स फाउन्डेसन्/Fondation Evens
क्रियाकलाप नं. ६ : लघु बिमा : प्लानेट ग्यारन्टी
प्लानेट ग्यारेन्टी लघु वित्तमा विशिष्टता हासिल गरेको संस्था हो। यसको लक्ष्य लघु
बिमा तथा लघु ग्यारेन्टी सेवाहरूको विकास गर्दै लघु उद्यमीहरूलाई जीवन दुर्घटनाबाट
संरक्षण गर्न वित्तीय संस्था, बैंक, बीमा तथा पुनर्बीमा कम्पनीहरूलाई प्राविधिक
सहयोग प्रदान गर्नु हो।
नेपालमा प्लानेट फाइनान्सको संलग्नता
प्लानेट फाइनान्सले मुख्यतयाः नेपालमा हाल सञ्चालन भइरहेको एसएमइलिंक परियोजनाको नेतृत्व गर्दैछ । गत सेप्टेम्वर २००७ मा युरोपेली संघद्वारा एसिया इन्भेस्टको बजेट परिधिको आधारमा तय गरी बोलाइएको प्रस्ताव आव्हान्मा प्लानेट फाइनान्सले प्रस्ताव पेश गरी यो परियोजना सञ्चालन गर्ने अनुमति प्राप्त गरेको थियो ।
यो एसएमइलिंक परियोजना प्लानेट फाइनान्सले नेपालमा सञ्चालन गरेको पहिलो परियोजना हो ।
प्लानेट फाइनान्सले नेपाल हस्तकला महासंघ र नेपाल महिला उद्यमी महासंघको नेपाली बजार तथा हस्तकलाका क्षेत्रमा कायम रहेको विज्ञताका आधारमा यी संस्थाहरुलाई आफ्ना स्थानीय साझेदारका रुपमा यस परियोजनामा सम्मिलित गरेको छ । त्यस्तै प्लानेट फाइनान्सले भारतस्थित दस्तकारी हाट समितिलाई भारत तथा दक्षिण एसियामा हस्तकलाका क्षेत्रमा कायम रहेको यस संस्थाको दख्खल र यसका प्रवर्द्धनात्मक प्रयासका आधारमा एवम् श्रीलंकास्थित समस्थ लंका प्रजा संवर्धन मण्डालयलाई पनि यस संस्थाको दक्षिण एसियाली क्षेत्रमा कायम रहेको अनुभवका आधारमा आफ्ना साझेदारहरुका रुपमा चयन गरेको छ ।
नेपालको दिगो पर्यटनको क्षेत्रमा महत्त्वपूर्ण विज्ञता भएको एसएनभीलाई एसएमइलिंक परियोजनाले भर्खरै मात्र आफ्नो नयाँ साझेदारको रुपमा संलग्न गराएको छ ।
परामर्श समितिका सभापतिहरू
श्री अब्दौ दिउफ
गणतान्त्रिक सेनेगल
(डकार)-का पूर्वराष्ट्रपति एवम् पेरिसस्थित
फ्ररान्सेली भाषा
बोलिने मुलुकहरूको
अन्तर्राष्ट्रिय सङ्गठनका महासचिव ।
श्री मुहम्मद युनुस
नोबेल शान्ति पुरस्कार, २००६-बाट सम्मानित र ढाकास्थित ग्रामीण बैंकका संस्थापक
सभापति ।
प्लानेट फाइनान्सका प्रमुख व्यक्तिहरू तथा तिनका सम्पर्क विवरण
सभापति :
श्री ज्याक्स आत्ताली
उपसभापति:
श्री आर्नो भेन्तुरा
१३, र्यु ड्युमिगार्ड/rue Dieumegard ९३४०० सेन्ट-ओन/Saint-Ouen, पेरिस,
फ्रान्स
टेलिफोन : ३३ (०) १ ४९ २१ २६ २६
फ्याक्स : ३३ (०) १ ४९ २१ २६ २६ र्
इ-मेल:
contact@planetfinance.org
अन्य साझेदारहरूको चिनारी