English  |  नेपाली
SMElink — Bridging Euro-Asian Markets PlaNet Finance
E-Newsletter

ई-समाचारपत्रका लागि साइन-अप गर्नुहोस् !

ई-मेल


Discussion Forum

नेपाल महिला उद्यमी महासङ्घ

सामान्य विवरण:
पूरा वैधानिक नाम नेपाल महिला उद्यमी महासङ्घ
नागरिकता नेपाली
कानुनी हैसियत मुनाफारहित संस्था
Federation of Woman Entrepreneurs Associations of Nepal (FWEAN)
सुश्री प्रमिला रिजाल, सभापति
इ-मेल: info@fwean.org.np
www.fwean.org.np
काठमाडौँस्थित जिल्ला विकास कार्यालयद्वारा २०६० आषाढ २७ गते यस संस्थाको विधान अनुमोदन गरिएको हो र संस्थाको दर्ता नं १०३६/०५९/०६० हो ।

महासङ्घले सरकारी तथा गैरसरकारी सङ्घसंस्थाहरूसँग प्रभावकारी सहकार्य गरी प्रचलित कानूनमा आवश्यक परिवर्तन, महिलाअधिकारसम्बन्धी सचेतना सिर्जना, उद्यमशीलता विकास, आर्थिक सशक्तीकरण र सीप विकास गरेर महिला आन्दोलनका लागि सामाजिक रूपान्तरणको दिशामा काम गर्नेछ ।

मानवीय श्रोतसाधन
सभापति श्रीमति प्रमिला आचार्य रिजाल
प्रथम उपसभापति श्रीमति छाया
द्वितीय उपसभापति श्रीमति रिता भण्डारी
तृतीय उपसभापति श्रीमति रेणु स्थापित
महासचिव श्रीमति भवानी राना
सचिव श्रीमति श्रृजना राना

विषयसम्बन्धी अनुभव, मुख्य क्रियाकलापहरु तथा लाभान्वित समूह
नेपाल महिला उद्यमी महासङ्घ नेपालका विभिन्न महिला उद्यमी संस्थाहरूको सर्वोच्च निकाय हो । महासङ्घले एक संयोजक संस्थाको भूमिका निर्वाह गर्दछ जसले व्यापार, उद्योग, वाणिज्य र पर्यटन क्षेत्रहरुमा महिला उद्यमीहरुका हितका विषयहरुको र्समर्थन गर्दछ । महिलाहरु तथा साना तथा मझौला उद्योगहरु यसका प्रमुख लाभग्राही हुन ।

परियोजनाहरू
महासंघ सार्क महिला उद्यमी परिषद् चेम्बर (SCWEC) को सदस्य हो । स्थानीय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय बजारमाहरूमा थप पहुँचमार्फ साना तथा मझौला उद्योगहरूको सञ्चालनलाई सहयोग र विस्तार गर्न सार्क चेम्बर क्राफ्टस भिलेज (SAARC Chamber of Crafts Village/SCCV) नामक परियोजना सुरु गरियो । सो परियोजनाका लागि क्यानेडियाली अन्तर्राष्ट्रिय विकास नियोग (CIDA) बाट सहयोगस्वरूप ९७,९९७ क्यानेडियाली डलर (CD$) प्राप्त भएको थियो ।

महिलाहरूको सशक्तीकरण गर्न र उनीहरुलाई सीप प्रदान गर्न नेपाल महिला उद्यमी महासङ्घ जिल्ला शाखा ललितपुर र बाँकेसँग मिली चेलीबेटी बेचबिखनको अत्यधिक जोखिममा रहेका तथा बेचबिखन भई फर्केका युवतीहरूका लागि लाभदायक रोजगारका अवसरु विषयक परियोजना सञ्चालन गरियो । एसिया फाउन्डेसनले सो परियोजनालाई तीन वर्षका लागि ६६,६६६ अमेरिकी डलर (US$) सहयोगस्वरूप प्रदान गरेको थियो ।

सीप प्रदान गर्न नेपाल महिला उद्यमी महासङ्घ जिल्ला शाखा ललितपुरसँग मिली उपेक्षित महिलाहरूका लागि आयआर्जन सीप विषयक परियोजना सञ्चालन गरियो । सो परियोजनाले उद्यमशीलता वृद्धि भनिने परियोजनाको रूप लियो जसलाई उपेक्षित समूहहरूप्रति लक्षित गर्दै फोर्ड फाउन्डेसनको आर्थिक सहयोग (८३,००० अमेरिकी डलर)-मा तीन जिल्लामा सञ्चालन गरियो ।

नेपालमा फेब्रुअरी २००५-२००६-को अवधिमा एफवीनका सदस्यहरुले तर्जुमा गरिएको एसिया इन्भेट परियोजनाका लागि आवेदन दिएकाहरूसँग नेपाल महिला उद्यमी महासङ्घका सदस्यहरूले काम गरे ।

शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तबाट प्राप्त सहयोगबाट भूटानी शरणार्थीहरूका लागि आयमूलक सीप विकासको तालिम

एसएमइलिंक परियोजनामा महिला उद्यमी महासंघको संलग्नताबारे
नेपाल महिला उद्यमी महासङ्घ सूक्ष्म, साना र मझौला ग्रामीण तथा अर्धसहरी उद्यमीहरूका चुनौती तथा उपलब्धिहरू पहिचान गर्न मदत गर्दै एसएमइलिंक परियोजनामा सरिक छ । ग्रामीण, अर्धसहरी र सहरी उद्यमीहरूको क्षमता अभिवृद्धिले क्षेत्रीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा दरिलो व्यावसायिक सम्बन्ध स्थापना गर्न उनीहरूलाई मदत पुर्‍याउँछ ।

कार्यक्रमको नाम : क्षेत्रीय/राष्ट्रिय कार्यगोष्ठी
स्थान: नेपालका ५ विकास क्षेत्र
(पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्य पश्चिमाञ्चल, सुदूर पश्चिमाञ्चल)
समय तालिका: जनवरी-अप्रिल २००८ (चरणबद्ध कार्यगोष्ठीहरू)


अन्य साझेदारहरूको चिनारी


PlaNet Finance Network


© २००८ एस्एम्इलिंक – सर्वाधिकार सुरक्षित. गृह पृष्ठ      हाम्रोबारे      सेवाहरु      समाचारहरु      घटनाहरु      तस्विर संग्रहालय      लिंकहरु      सम्पर्क      साइट सूची Optimized for १०२४ * ७६८
योमरी द्वारा निर्मित ।