English  |  नेपाली
SMElink — Bridging Euro-Asian Markets PlaNet Finance
Discussion Forum

नेपाल हस्तकला महासङ्घ

Federation of Handicraft Associations of Nepal (FHAN)
श्री पुष्करमान शाक्य, अध्यक्ष
ई-मेल: han@wlink.com.np
www.nepalhandicraft.org.np
सामान्य विवरण
हस्तकला व्यवसाय तथा उद्योगलाई विकास र प्रवर्द्धन गर्न सन् १९७२-मा नेपाल हस्तकला महासङ्घ (FHAN) को स्थापना भएको हो । यसलाई नेपालको सङ्घसंस्था दर्ता ऐन अन्तर्गत दर्ता गरिएको छ । यो निजी व्यवसायक्षेत्र तथा शिल्पकर्मी समुदायको सेवामूलक मुनाफारहित संस्था हो । उत्पादकत्वमा सुधार ल्याउन, बजार अन्वेषण गर्न र अन्तर्राष्ट्रिय जगतसँग परिचित हुन यसले आफ्ना सदस्यहरूलाई सहयोग गर्छ । यसको मूल उद्देश्य हस्तकला व्यवसाय तथा उद्योगलाई निरन्तर वृद्धि गर्ने दिशामा उन्मुख हुनु हो ।

मानवीय श्रोतसाधन
नेपाल हस्तकला महासङ्घका २१ सदस्यीय निर्वाचित समिति, २६ कर्मचारीसहितको सचिवालय र २०- भन्दा बढी क्रियाशील तथा वस्तु विकास समिति छन् ।
अध्यक्ष : श्री पुष्करमान शाक्य
कार्यकारी सचिव : श्री दिलीप खनाल

महासंघको विषयसम्बन्धी अनुभव, मुख्य क्रियाकलापहरु तथा लाभान्वित समूह
नेपाल हस्तकला महासङ्घ नेपाली हस्तकला उद्योगहरूको हितमा काम गर्छ । कालिगढ, उत्पादक, वितरक तथा निर्यातकर्ताहरू यसका लाभान्वित समूह हुन् । यसका मुख्य क्रियाकलाप देहायबमोजिम छन् :

१. हस्तकला उत्पादन निर्यात चलानी पु्र्जीको प्रमाणीकरण
२. घरेलु जनावरका अङ्गहरूबाट बनेका हस्तकला वस्तुहरूको प्रमाणीकरण
३. हस्तकला व्यवसाय तथा उद्योग सुदृढीकरणसँग सान्दर्भिक विभिन्न शीर्षकहरूमा गोष्ठी, सभा र सम्मेलन आयोजना गर्ने ।
४. हस्तकला वस्तुहरूबारे जानकारी दिन तथा यिनको प्रयोगबारे जनचेतना जगाउन प्रदर्शनी तथा व्यापार मेलाहरू आयोजना गर्ने ।
५. हस्तकला वस्तुहरूका लागि थप बजारहरू अन्वेषण गर्ने ।
६. उच्चतम निर्यात र उत्कृष्ट कालिगढीलाई सम्मान गर्न पुरस्कारको व्यवस्था गर्ने ।
७. अन्तर्राष्ट्रिय व्यापार मेला तथा प्रदर्शनीहरूमा सहभागिताका लागि प्रबन्ध गर्ने ।
८. हस्तकला व्यवसाय तथा उद्योग प्रवर्द्धन गर्न समाचार बुलेटिन, पुस्तक, क्याटालग, सदस्यडाइरेक्टरी र अन्य सान्दर्भिक सामग्रीहरू प्रकाशन गर्ने ।
९. हस्तकला डिजाइन तथा विकास केन्द्रमार्फ डिजाइनसम्बन्धी सेवा प्रदान गर्ने ।

परियोजनाहरू
नेपाल हस्तकला महासङ्घ एसएमइलिंक परियोजनामा साझेदार संस्थाको रूपमा संलग्न छ । परियोजनाले महासङ्घलाई हस्तकला उद्योगको क्षमता विकाससम्बन्धी कार्यक्रमहरू कार्यान्वयन गर्ने केन्द्रबिन्दुको रूपमा परिकल्पना गरेको छ । यसका अतिरिक्त परियोजनाले महासङ्घलाई तीन वर्षेका लागि हस्तकला व्यापार मेला आयोजना गर्ने जिम्मा पनि सुम्पेको छ ।

महासङ्घ विगतदेखि विभिन्न परियोजनाहरूमा संलग्न हुँदैआएको छ । उदाहरणका लागि एसिबोन यस्तो परियोजना हो जसले युरोपमा व्यवसाय गर्न मध्यस्थकर्ता संस्थाहरूको क्षमता अभिवृद्धि गर्छ । क्षमता अभिवृद्धि गर्न नेपाल हस्तकला महासङ्घले आफ्ना सदस्य सङ्गठनहरूलाई संलग्न गराएको छ ।

विगतमा नेपाल हस्तकला महासङ्घले विभिन्न परियोजनाहरू कार्यार्न्वयन गर्‍यो जसमध्ये केही महत्वपूर्ण देहायबमोजिम छन् :

अवधि परियोजनाको उद्देश्य परियोजनाका अङ्गहरू सहयोगी साझेदार
२००० अमेरिकी बजारका लागि हातेकागज बनाउन कम्पनीहरूको छनोट

उत्पादनहरूको छनोट

उत्पादनहरूको विक्री-वितरण
संयुत्त राज्य अमेरिका अन्तर्राष्ट्रिय विकास नियोग
२००२-२००४ जापानी बजारका लागि घरभित्र लगाउने चप्पल बनाउने चप्पल बनाउने तालिम

मेसिन खरिदका लागि ऋण

उत्पादनको अनुगमन

जापानको व्यापार मेलामा सहभागिता
निर्यात प्रवर्द्धन बोर्ड, नेपाल
२००३-०४ हातेकागजबाट निर्मित वस्तुहरूको विविधीकरण कम्पनीहरूको छनोट

मेसिन खरिदका लागि ऋण

उत्पादनको अनुगमन
निर्यात प्रवर्द्धन बोर्ड, नेपाल
२००५-०७ सेरामिकका लागि माटोको खाल्डो निर्माण ऋण लिएर जग्गा खरिद

माटो प्रशोधन एकाइको स्थापना

सुधारिएको माटोको बिक्री
लघु, घरेलु एवम् साना उद्योग विकास कोष, नेपाल सरकार
२००७ बाँसका सामग्रीहरुको लागी पूर्वाधार ऋण लिएर मेसिनरी खरिद

बाँसका चिरा बनाउने तालिम

तयारी सामानको बिक्री-वितरण
लघु, घरेलु एवम् साना उद्योग विकास कोष, नेपाल सरकार

आगामी वर्षहरुका लागि रणनीति
नेपाल हस्तकला सङ्घलाई हालसालै महासङ्घमा परिणत गरिएको छ । यसको मुख्य चासो हस्तकला वस्तुहरूको निर्यात वृद्धि गर्ने दिशामा आफ्ना सदस्यहरूलाई सबल तुल्याउनु हो ।


अन्य साझेदारहरूको चिनारी


PlaNet Finance Network


© २००८ एस्एम्इलिंक – सर्वाधिकार सुरक्षित. गृह पृष्ठ      हाम्रोबारे      सेवाहरु      समाचारहरु      घटनाहरु      तस्विर संग्रहालय      लिंकहरु      सम्पर्क      साइट सूची Optimized for १०२४ * ७६८
योमरी द्वारा निर्मित ।