दस्तकारी हाट समिति
परम्परागत सीप प्रयोग गरी हस्तकलाका लागि बजार विस्तार गर्न भारतका सबै भेगका
शिल्पकर्मीर्हरूलाई एउटै मञ्चमा जम्मा गर्ने दस्तकारी हाट समिति एक राष्ट्रव्यापी
सङ्गठन हो । समाज दर्ता ऐन १८६०-अन्तर्गत दर्ता गरिएको दस्तकारी हाट समिति
मुनाफारहित सङ्गठन हो । यसको स्थापना सन् १९८५-मा भारतको नयाँ दिल्लीमा भएको हो ।
यसको लक्ष्य दिगो जीविकोपार्जनका लागि भारतका शिल्पकर्मीहरूको विकास तथा आर्थिक
सशक्तीकरण र भारतको सांस्कृतिक सम्पदाको जगेर्ना गर्न सामूहिक अभियान सञ्चालन गर्नु
हो ।
निम्न कुराहरूमा समितिको विशेष विषयगत अनुभव छ :
- परम्परागत सीपहरूलाई समयको आवश्यकतानुसार अनुकूल तुल्याउने ।
- शिल्पबजार र सिर्जनात्मक बिक्री-वितरण कार्यक्रमहरू आयोजना गर्ने ।
- डिजाइन तथा सांस्कृतिक आदानप्रदानका लागि कार्यगोष्ठीहरू सञ्चालन गर्ने ।
- शिल्प, शिल्पसीप तथा शिल्प प्रणालीहरूको अनुसन्धान तथा अभिलेखीकरण गर्ने ।
- शिल्पहरूको प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय स्तरका प्रकाशनहरू निकाल्ने ।
प्रमुख क्रियाकलाप
- शिल्पकर्मीहरूसँग मिली ग्रामीण इलाकाहरूमा कार्यगोष्ठीहरू सञ्चालन र निजहरूलाई
वर्षौभरि आवश्यकतामा आधारित डिजाइन इन्पुटहरू प्रदान गर्ने । अन्य मुलुका
कालिगढहरुका निम्ति पनि यस्ता कार्यक्रमहरु आयोजना गरी साँस्कृतिक सम्बन्ध र
मित्रतालाई बढावा दिने ।
- शिल्पकर्मीहरूको जीवन-सुधारका र थप बजारसिर्जनाको पक्षमा जोड दिने ।
- भारत तथा अन्य मुलुकहरूमा शिल्प बजारहरू तथा प्रदर्शनीहरूको व्यवस्था गर्ने ।
लाभान्वित समूह
भारतभरका शिल्पकर्मीहरू
परियोजना
१. दिल्ली हाटको सिर्जना
२. दस्तकारी हाट समितिले नमुना सहरी शिल्प बजारको अवधारणा अघि सार्यो ।
परिणामस्वरूप सरकारले दिल्ली हाटको स्थापना गर्यो । अहिले यो हाटको अनुसरण देशका
अन्य सहरहरूमा पनि गरिँदै छ ।
३. भारतका शिल्प एवम् पहिरन उत्पादन क्षेत्रका नक्साहरू
समितिले देशभरिका शिल्प तथा पहिरनको आधारभूत सर्भेक्षण गरेको छ । दस वर्षमा
सम्पन्न सो सर्भेक्षणमा देशको हरेक प्रदेशका शिल्प तथा पहिरनको अनुसन्धान र कलात्मक
शिल्प नक्साहरूमा अभिलेखीकरण गरियो । यीमध्ये अधिकांशलाई वस्त्र मन्त्रालयले
प्रायोजन गरेको थियो भने केहीलाई निजी संस्थानहरूले प्रायोजन गरेका थिए । यसमा हरेक
प्रदेशको दरले २३ नक्सा छन् । यी नक्सामध्ये पनि एउटाले सम्पूर्ण भारतलाई र अर्कोले
उत्तर-पूर्वका सात भागलाई समेटेको छ । गुजरातमा भूकम्प र उडिसामा चक्रवात आएपछि
त्यहाँका शिल्पकर्मीहरूलाई स्थानान्तरण गर्न यू.एन.डी.पी. तथा वस्त्र मन्त्रालयले
यी नक्सा प्रयोग गरेका थिए । पर्यटन र पर्यटकीय गन्तव्य विकास गर्न पर्यटन
मन्त्रालयले पनि यी नक्सालाई सन्दर्भ सामग्रीको रूपमा प्रयोग गरिरहेको छ ।
यी नक्सा फेब्रुअरी २००५-मा भारतका राष्ट्रपतिद्वारा उद्घाटित भारतको शिल्पयात्रा
विषयक प्रदशनीमा राखिएका थिए ।
४. अन्तर्राष्ट्रिय सहकार्य
शिल्पसम्बन्धले कूटनीति र विभिन्न संस्कृतिका जनसमुदायहरूबीच सद्भावना र समझदारी
कायम गर्ने दिशामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामा समिति विश्वास गर्छ ।
अन्तर्राष्ट्रिय बजारका लागि नयाँ वस्तुहरू उत्पादन गर्न डिजाइन र सीपको
आदानप्रदानका लागि निम्न अन्तर्देशीय कार्यक्रमहरू आयोजना गरेको छ :
- ग्राहम्सटाउन, दक्षिण अफ्रिका, जुलाई २००३,
- अफ्रिखादी, दक्षिण अफ्रिका, सेप्टेम्बर २००३;
- दस्तकारी, मार्च २००४, पाकिस्तानका शिल्पकर्मीहरूसँग;
- लोटस लिंक्स, डिसेम्बर २००४, भियतनामका शिल्पकर्मीहरूसँग;
- अफ्रिखादी, डिसेम्बर २००५, दक्षिण अफ्रिकाका शिल्पकर्मीहरूसँग;
- श्रीलङ्का निर्यात प्रशिक्षण कार्यक्रम, जनबरी २००६;
- फेबु्रअरी २००६-मा काठमाडौँमा आयोजित सातौं अन्तर्राष्ट्रिय हस्तकला मेलामा
प्लानेट फाइनान्सको निमन्त्रणामा समिति सहभागी भयो,
- संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालय, मे २००५;
- काममा कला, जुलाई २००६ र २००७;
- फ्रर्यान्कर्फट पुस्तक मेला, अक्टोबर २००६;
- युनेस्कोद्वारा प्रायोजित बाल पुस्तकहरू,
- हाथीका कथाहरू, डिसेम्बर २००६;
- श्रीलङ्काका शिल्पकर्मीहरूसँग सहकार्यात्मक बाटिक कार्यशाला, मार्च २००७,
- श्रीलङ्काका शिल्पकारहरूलाई अध्ययन भ्रमण, अक्टोबर २००७,
- संयुक्त राष्ट्रसङ्घीय परियोजना, अक्टोबर २००७ ।
५. भारतमा शिल्पविकास कार्य
- उत्तर प्रदेशका बदोहीमा डोका-डाला बुन्नेहरू,
- हरियाणाको मियो क्षेत्र,
- झारखण्डका महिलाहरू,
- लदाखमा प्राकृतिक रङ्ग कार्यशाला,
- अरुवाकोडका कुमालेहरू : काँसको नयाँ वस्तु तथा प्राविधिक विकास कार्यगोष्ठी,
बेतुल, अक्टोबर २००५,
- गोण्ड चित्रकलाको नयाँ वस्तु तथा प्राविधिक विकास कार्यगोष्ठी, भोपाल, अक्टोबर
२००५,
- खेलौनाको नयाँ वस्तु तथा प्राविधिक विकास कार्यगोष्ठी, निर्मल, अगस्त २००५,
- पुस्तकचित्रण प्राविधिक मार्गदर्शन कायगोष्ठी,
- द ताज होटल परियोजना
समितिले अहिले :
- एसियाली सम्पदा प्रतिष्ठानद्वारा आयोजना गरिने सङ्घवादसम्बन्धी अन्तर्राष्ट्रिय
सम्मेलनका निमित्त भारतको शिल्पयात्रा (The Indian Crafts Journey) विषयक
प्रदर्शनीका लागि तयारी गरिरहेको छ ।
- दिल्ली हाटमा वार्षिक शिल्पबजारका लागि शिल्पकर्मीहरू चयन गरिरहेको छ ।
- थाइल्यान्डको वार्षिक शिल्पबजारको अवसरमा थाइल्यान्डकै शिल्पकर्मीहरूसँग मिली एक
सांस्कृतिक आदानप्रदान कार्यगोष्ठी सञ्चालन गरिरहेको छ ।
एसएमइलिंक परियोजनाका लागि नेपालस्थित प्लानेट फाइनान्ससँग साझेदारी
दस्तकारी हाट समिति विशेषगरी स्थानीय तहमा शिल्प तथा शिल्पकर्मीहरूसम्बन्धी आफ्नो
बृहत् ज्ञान आदानप्रदान गर्न र नेपालका उद्यमीहरूले
आफ्ना अनुभवबाट सिकून् भन्ने
उद्देश्यले एसएमइलिंक परियोजनामा विशेषज्ञको रूपमा सहभागी हुन सहमत भएको छ । सीप
अभिवृद्धि, डिजाइन इन्पुट र शिल्पबजार हुँदै सहरी बजारहरूमा ग्रामीण वस्तुहरूको
विक्री-वितरणमार्फ दिगो जीविकोपार्जनमा संलग्न दस्तकारी हाट समिति नेपालका साना
एवम् मझौला उद्योगहरूको सशक्तीकरण गर्न यस्तै रणनीति प्रयोग गर्न सकिने कुरामा
विश्वास राख्छ । परियोजनाले नेपालका साना एवम् मझौला उद्योगहरूद्वारा उत्पादित
वस्तुहरूका लागि अझै फराकिलो दायरा सिर्जना गर्न एसएमइलिंकले दस्तकारी हाट समितिको
अनुसन्धान, अभिलेखीकरण र प्रकाशनसम्बन्धी अनुभव उपयोगी हुनेछ भन्ने करामा विश्वास
राख्छ।
भावी रणनीति
शिल्पकर्मीहरूका लागि एक प्रभावकारी मञ्च भई नीति, बिक्री-वितरण, व्यापार तथा
सांस्कृतिक फाँटमा शिल्पक्षेत्रको प्रभाव बढाउने ।
शिल्पविकास, थप बजारका अवसरहरूको सिर्जना र उत्पादनप्रक्रियाको सहजीकरणका लागि आफ्नो
प्रयास बढाउने र अनुभव आदानप्रदान गर्ने ।
भारत र यसका छिमेकी मुलुकहरूका विशेषगरी ग्रामीण शिल्पकर्मीहरूका लागि ुसहरी हाटहरूु
सिर्जना गर्न निर्दिष्ट परामर्श प्रदान गर्ने ।
कार्यगोष्ठी, सीप आदानप्रदान, डिजाइन अन्तक्रिर्या तथा सांस्कृतिक आदानप्रदानका
अन्य उपायहरूमार्फ शिल्पविकासमा क्षेत्रीय सहयोगका लागि उत्प्रेरक (catalyst) बन्ने
।
अन्य साझेदारहरूको चिनारी