English  |  नेपाली
SMElink — Bridging Euro-Asian Markets PlaNet Finance
E-Newsletter

ई-समाचारपत्रका लागि साइन-अप गर्नुहोस् !

ई-मेल


Discussion Forum

बार्षिक योजना

पहिलो वर्ष-सेप्टेम्बर २००७ (सेप्टेम्बर २००८) :  व्यावसायिक योजना तथा वित्तीय सेवामा पहुँच

उक्त उद्देश्य प्राप्त गर्न निम्न कार्यक्रमहरु कार्यान्वयन गरिनेछन्

    १. बजार सर्भेक्षण
    सेप्टेम्बरदेखि मार्च महिनाभित्र युरोपेली माग तथा नेपाली आपर्ूर्ती एवम् नेपाली साना तथा मझौला उद्यमीहरुका सबल पक्ष, कमजोर पक्ष, तिनले प्राप्त गर्ने अवसर तथा तिनका बजार शैलीबारे एक बजार र्सर्भेक्षण गरिनेछ ।

    २. साना तथा मझौला उद्यमीहरुको छनौट
    मार्च महिनाभित्र केही साना तथा मझौला उद्यमीहरुलाई यस परियोजनाका सेवाग्राहीका रुपमा छनौट गरिनेछ ।

    ३. प्रशिक्षण सत्रहरु
    जूनदेखि अगस्ट महिनाभित्र छनौटमा परेका साना तथा मझौला उद्यमीहरुलाई प्रशिक्षण प्रदान गरिनेछ । यस प्रशिक्षणमा व्यावसायिक योजना तथा पूँजीमा पहुँचसम्बन्धी तालिमहरु समावेश गरिएका हुनेछन् । हरेक प्रशिक्षणको समापनपछि विद्युतीय शिक्षण पद्धति e-learning modules) अनलाइन गरिनेछ ।

    ४. उत्कृट लघु उद्योग पुरस्कार (SEEA)
    अगस्ट महिनाभित्र प्रशिक्षार्थीहरुद्वारा निर्माण गरिएका व्यावसायिक योजनाहरुलाई अन्तिम स्वरुप दिइनेछ । "उत्कृष्ट लघु उद्योग पुरस्कार" का निम्ति उत्कृष्ट व्यावसायिक योजनाकारको चयन गर्न ती योजनाहरुको मूल्यांकन गरिनेछ । अगस्ट महिनाको अन्त्यतिर यस समारोहको आयोजना गरिनेछ ।

    ५. एक व्यावसायिक मेला
    पहिलो वर्षो कार्यक्रमको रुपमा नोभेम्बर-डिसेम्बर महिनामा भारतमा दस्तकारी हाट समिति (म्ज्क् ) द्वारा एक व्यावसायिक मेलाको आयोजना गरिनेछ ।


दोस्रो वर्ष-सेप्टेम्बर २००८ (सेप्टेम्बर २००९) : कार्यशैली अभिवृद्धिसम्बन्धी सेवामा पहुँच

दोस्रो वर्षा नेपाली साना तथा मझौला उद्यमीहरुको कार्यशैली अभिवृद्धिसम्बन्धी सेवामा पहुँच विस्तार गरिनेछ ।

    १. प्रशिक्षण सत्रहरु
    सेप्टेम्बरदेखि अगस्ट महिनाभित्र सूचना प्रविधिसम्बन्धी आधारभूत ज्ञान, गुणस्तर व्यवस्थापन तथा वस्तु विकास रणनीतिबारे तालिमहरु सञ्चालन हुनेछन् ।

    २. एक व्यावसायिक मेला
    जुलाई महिनामा नेपाल हस्तकला महासंघ (FHAN ) तथा नेपाल महिला उद्यमी महासंघ (FWEAN) को संयुक्त आयोजनामा एक व्यावसायिक मेलाको आयोजना गरिनेछ ।

    ३. उत्कृष्ट लघु उद्यमी पुरस्कार
    जुलाईदेखि अगस्ट महिनाभित्र "उत्कृष्ट लघु उद्यमी पुरस्कार" का निम्ति साना तथा मझौला उद्यमीहरुको छनौट गरिनेछ । यी महिनाभित्र यस परियोजनाबाट सहयोगका रुपमा आफ्ना वेभसाइट निर्माण गराउन पाउने उद्यमीहरुको पनि चयन गरिनेछ ।  

    तेस्रो वर्ष (सेप्टेम्बर २००९-सेप्टेम्बर २०१०): बजारमा पहुँच

    तेस्रो वर्षबजारमा नेपाली साना तथा मझौला उद्यमीहरुको पहुँच विस्तार गर्ने विषयमा केन्द्रित छ ।

    १. एसएमइ मूल्यांकन विधि
    सेप्टेम्बरदेखि अगस्ट महिनाभित्र एक एसएमइ मूल्यांकन विधि तयार गरिनेछ ।

    २. साना तथा मझौला उद्यमीहरुको निर्यात क्षमताको मूल्यांकन
    नोभेम्बरदेखि जून महिनाभित्र साना तथा मझौला उद्यमीहरुको निर्यात क्षमताको मूल्यांकन गरिनेछ ।

    ३. एक व्यावसायिक मेला
    जुलाई महिनामा नेपाल हस्तकला महासंघ तथा नेपाल महिला उद्यमी महासंघले संयुत्तरुपमा एक व्यावसायिक मेलाको आयोजना गर्नेछन् ।

    ४. उत्कृष्ट लघु उद्योग पुरस्कार
    जूनदेखि अगस्ट महिनाभित्र "उत्कृष्ट लघु उद्योग पुरस्कार" का निम्ति साना तथा मझौला उद्यमीहरुको छनौट गरिनेछ । अगस्ट महिनामा यस "उत्कृष्ट लघु उद्योग पुरस्कार" समारोहको आयोजना गरिनेछ ।


PlaNet Finance Network


© २००८ एस्एम्इलिंक – सर्वाधिकार सुरक्षित. गृह पृष्ठ      हाम्रोबारे      सेवाहरु      समाचारहरु      घटनाहरु      तस्विर संग्रहालय      लिंकहरु      सम्पर्क      साइट सूची Optimized for १०२४ * ७६८
योमरी द्वारा निर्मित ।